ग्रहशान्ति विधि

१. योगिनीदशाको दान -कृयपा तल चिन्ह लगाएको ग्रह दशाको दान नछुर्टाई गर्नुहोला

तपाइलाइ जुन दशा चलेको छ भनेको हो त्यही दशाको दान नछुटाइ गर्नुहोला ।



क्रस
योगिनीदशा
दान  गर्ने वस्तु
गर्नुपर्ने पूजा र जाप संख्या
मंगला
काँसकोभाँडा, चामल, कपुर,दही, चाँदी, घिउ, सेतोकपडा, सेतोगाई, शंख, श्रीखण्ड,जनै दक्षिणा ११०
देवी पूजन,। । ॐ ह्रीं मंगलायै मंगलाय स्वाहा ।।
 ११०० जाप
पिंगला
गहुँ, रातोकपडा, गुँड, सुन, रातोचन्दन, कमलफुल, घिउ, दुहुनोगाई, दक्षिणा ७०
रुद्राभिषेक ।।ॐ ग्लौं पिंगले वैरिकारिणि प्रसीद फट् स्वाहा ।।
 ७००० जाप
धान्या
घोडा, सुन, मह, पहेंलोकपडा, धान, नुन, पुष्पराज, चिनी, बेसार, नवरत्न, दक्षिणा १९०
कुल देवता पूजन १ जना ।। ॐ श्री धनदे धान्यै  स्वाहा  ।।
 ले १९०० जाप
भ्रामरी
मुगा, गहुँ मुसुरो, रातोवहर,करवीरको फूल, सुन, तामा, रातोकपडा, सख्खर, रातोचन्दन, दक्षिणा १००
गणेश पूजन।। ॐ भ्रामरिजगतामधी श्वरि भ्रामरि क्लीं स्वाहा ।।
१००० जाप
भद्रिका
हरियोकपडा, पन्ना, सुन घिउ, काँस, हात्तीकोदाँतऊन, कस्तुरी, चाँदी, थरिथरिको फुल दक्षिणा ८०
विष्णु पूजन ।। ॐ भद्रिके भद्रं देहि अभद्रं नाशय स्वाहाः।।
  ले ८०० जाप
उल्का
भैंसीकोघिउ,कालोछाता, कालो तिल, मास, तेल, गहत, खड्ग, सुनकोर्सप कालोगाई, दक्षिणा २३०
देवी पूजा।  । ॐ उल्के मम रोग नाशय जृम्भय स्वाहा ।।
२३०० जापगर्ने
सिद्धा
बुट्टेकपडा, चामल, घिउ, सुन चाँदी, हीरा, सुगन्धद्रव्य, सेतोघोडा, दुहुनोगाई, श्रीखण्ड, दक्षिणा ११०
इन्द्राणी पूजा।  । ॐ ह्रीं सिद्धे मे र्सव मानसं साधय स्वाहा ।।
 ११०० जाप
संकटा
तिलभरिएकोतामाकोकलश, कालोछाता, खड्ग, सुन, मास, गहत, तेल, कालोउनको कपडा, चाँदीकोघोडाकस्तुरी, दक्षिणा १८०
भैरव-शिव)पूजा।। ॐ ह्री संकटे मम रोग नाशय जृम्भय स्वाहा ।।
१८००जप



२. ग्रहदशाको दान -कृयपा तल चिन्ह लगाएको ग्रह दशाको दान नछुटाइ तपाइलाइ जुन दशा चलेको छ भनेको हो त्यही दशाको दान  गर्नुहोला ।


क्रस
ग्रहदशा
पत्थर
दान  गर्ने वस्तु
गर्नुपर्ने कार्य र जाप संख्या
सूर्य
मणि
गहुँ, रातोकपडा, गुँड, सुन, रातोचन्दनकमलफुल, घिउ, दुहुनोगाई, दक्षिणा ७०
शिव पूजन रुद्राभिषेक ।।ॐ घृणि सूर्याय नमः।।  ले ७०००
चन्द्र 
मोति
काँसकोभाँडा, चामल, कपुर,दही, चाँदीघिउ, सेतोकपडा, सेतोगाई, शंख, श्रीखण्ड,जनै दक्षिणा ११०
देवी पूजन, । । ॐ सों सोमाय नमः ।।  ११०००
मंगल
मुगा
मुगा, गहुँ मुसुरो, रातोवहर,करवीरको फूल, सुन, तामा, रातोकपडा, सख्खर, रातोचन्दन, दक्षिणा १००
गणेश पूजन।। ॐ अं अंगारकाय नमः।। ले १००००
बुध 
पन्ना
हरियोकपडा, पन्ना, सुन घिउ, काँस, हात्तीकोदाँतऊन, कस्तुरी, चाँदी, थरिथरिको फुल दक्षिणा ८०
विष्णु पूजन ।। ॐ बुं बुधाय नमः।।  ले ८००० जाप
गुरु
पुष्प राज
घोडा, सुन, मह, पहेंलोकपडा, धान, नुन, पुष्पराज, चिनी, बेसार, नवरत्न, दक्षिणा १९०
कुल देवता पूजन  ।। ॐ बृं बृहस्पतये नमः।। ले १९०००
शुक्र 
हीरा
बुट्टेकपडा, चामल, घिउ, सुन चाँदी, हीरा, सुगन्ध  द्रव्य, सेतोघोडा, दुहुनोगाई, श्रीखण्ड, दक्षिणा ११०
इन्द्राणी पूजा।  । ॐ शुँ शुक्राय नमः।। ले ११००० जाप
शनि 
नीलम
भैंसीकोघिउ,कालोछाता, कालो तिल, मास, तेल, गहत, खड्ग, सुनकोर्सप कालोगाई, दक्षिणा २३०
देवी पूजा।  । ॐ शं शनिश्चराय नमः।। २३००० जाप गर्ने
राहु 
गोमेद
तिलभरिएकोतामाकोकलश, कालोछाता, खड्ग, सुन मास, गहत, तेल, कालोभेडो, घोडादक्षिणा १८०
भैरव-शिव) पूजा।  । ॐ रां राहवे नमः।। ले १८००० जाप गर्नु
केतु
वैदुर्य मणि
तेल, कस्तुरी, तिल,ऊन, ध्वाँसे कपडा, मास, सुन, खड्ग, नुन, कम्बल, ध्वाँसे फूल, दक्षिणा ७०
भैरव-शिव) पूजा। । ॐ कें केतवेे नमः।। ले ७००० जाप।


ॐ नमः शिवाय मन्त्र अधिकाधिक जाप गरेमा धेरैराम्रो 


कालर्सप योग शान्ति

।। ॐ।। ।।गुरूर्ब्रह्रमा गुर्रूर्विष्णुः गुर्रूर्देवो महेश्वरः।। गुरूः साक्षात् परंर्ब्रह्रमा तस्मै श्री गुरवेः नमः।। ।।श्री हंस।। ।।श्रीमन्मङ्गलमुर्तये नमः।।
। ॐ श्री गणेशाय नमः। ॐ श्री परमात्मने नमः।  ॐ श्री सद्गुरवे नमः। ॐ श्री सरस्वत्यै नमः। श्रीनवग्रहेभ्यो नमः।
ज्योतिष विज्ञान परामर्श केन्द्र , डिमुवा पर्वत
कम्प्युटर ज्योतिष सेवा
ज्योतिष पं. शास्त्री लक्ष्मण गौतम ९८४७६३६२६०
. काल र्सप योग के हो-
अग्रेराहु पृष्ठे केतु अन्तरश्च नवग्रहाः।। काल र्सपभवेद्योगो वंशनाशो भवेद्ध्रुवम्।।
कुनै जातकको कुण्डलीमा राहु र केतुका वीचमा अन्य ७-- (अरुण वरुण सहित) ग्रहहरु परेर बसेको अवस्थालाई काल र्सपयोग भनिन्छ। यो वंशमा हानि पुर्याउने खालको हुन्छ। प्राचीन वेदांग ज्योतिषमा यसको खास महत्वपुर्वक चर्चा भएको पाईंदैन। तथापि कालान्तरमा प्रयोगकर्ता र अनुसन्धाता ज्योतिषहरुको विश्लेषणले यसले ठूलो चर्चा पाएको छ। र यसैका आधारमा गरिएका फलादेशहरु सत्य सावित हुँदै आएका छन् ।

. यो कति प्रकारको हुन्छ-
यो मुख्य  उदित (दृश्य) र अनुदितगरि २ प्रकारको मानिन्छ। तर प्रत्येकका १२ / १२ गरी २४ प्रकार तथा तिनका उपप्रकार गरी २८८ र राहु केतु  र अन्य को योगले अरु धेरै प्रकारका पाइन्छन।

.यसको नकारात्मक प्रभाव जीवनमा के के पर्छ?
यसका नकारात्मक फल मुख्यगरी निम्न  प्रकारका  हुन्छन् ।
) सन्तानमा अवरोधकारक
) सोचे अनुरुप पति-पत्नी प्राप्त नहुनु । वैवाहिक सम्वन्धमा खटपट र स्थायित्व नहुनु ।
) कठोर परिश्रम पुर्वक धनार्जन तथा व्यहारिक कर नपाईनु।
) शारीरिक हीनता र मानसिक दुर्वलताका कारण निराशाभाव आउनु
) झमेला झगडा मुद्धामामिला र परेशानी मात्र आई लाग्नु।

. के कालर्सप योगको सकरात्मक प्रभाव छैन-
हो कालर्सपयोगले प्राय नकारात्मक फल नै दिन्छ तथापि कुण्डलीमा विपरीत कालर्सपयोग भएमा, कुलदेवता प्रसन्न भएमा र नागदेवता प्रसन्न भएमा कालर्सप योगको नकारात्मक प्रभाव पर्दैन। अत्यन्तै धन र वैभवको सुख मिल्छ। त्यसका लागि तोकिए बमोजिमको पाप प्रायश्चित्त गर्नुगराउनु पर्दछ ।

. कालर्सप योग शान्ति गर्न के गर्नु पर्छ- कसरी यो योग निवारण गर्न सकिन्छ-
यो योग निवारण गर्न यहाँको जन्मकुण्डलीमा जुन प्रकारको कालर्सपयोग छ त्यसैको विधि गर्नु पर्छ।
यसमा मुख्य निम्न कुराहरु छुटाउन हुँदैन।
) सुनको नागको मुर्ति बनाई प्राण प्रतिष्ठा गरी पूजा गर्ने काम -नागमुर्तिं सुवर्णेन कृत्वा पूजां समाचरेत् ।)
) गाईदान, कालो तिल दान, भूमिदान, र सुन दान
) लघुरुद्री, पञ्चरुद्री, वा षड·ग रुद्री - नान्दी श्राद्ध अनिवार्य)
) नाग बलि तथा प्रतिष्ठा विधान
    
    ज्योतिषीले भने बमोजिम वा काल र्सप शान्ति गर्ने दिनमा रुद्री शुरु गरी पिठाको नाग नागिनी बनाई गंगा किनारामा समिधाको चिता बनाई उत्तर शिर गरेर नाग नागिनी जलाई दिने। त्यस पछि शोक मनाई स्नान गरी पूरानो कपडा उही फालेर नयाँ धारण गरी घरमा आउने र पञ्चगव्य खाई आफूले बनाएका सुन चाँदी तामाका नाग नागिनीलाई गंगा जलले स्नान गर्राई पञ्चगव्य सेचन तथा गाईको दुधले स्नान गर्राई प्राण प्रतिष्ठा विधिले प्रतिष्ठा गर्नु पर्छ। ) पछि उक्त नागलाई जलमा बगाउने, नागस्थानमै छोडिदिने वा दान दिने भन्नेकुरा तपाईको कुण्डलीका आधारमा हुन्छ।
) नाग र नागिनीका लागि शिरपाउ वस्त्र (-टोपी, कमिज, दौरासुरवाल, धोती, सुन), -(पछ्यौरा, ब्लाउज, साडी, ऐना काईंयो, चुरा पोते, तथा अन्य सौभाग्य सूचक सामग्रीहरु)
) १०८ दुवो , १ किलो कालोतिल, १ माना गाईको घिऊ, कपूरगाईको सुकेको गोवर आदि द्धारा हवन गर्नेकाम । -(हवन गर्ने मन्त्र तपाईको कुल परम्परासुहाउँदो लिन यस केन्द्रमा सर्म्पर्क गर्नुहोला। सवैलाई सवै मन्त्र उपयुक्त नहुने भएकोले वैदिक या तान्त्रिक राहुको केतुको वा र्सपको कुन मन्त्र भन्ने ठम्याउनु पर्दछ । अन्यथा गलत मन्त्रले हवन भएमा फल उल्टो हुनेछ।
) मनसादेवी स्त्रोत्र पाठ
)महामृत्युञ्जय पाठ

. यो पूजा गर्न कति दिन लाग्छ -
 पूर्वांग, मूल पूजा र समापन गरि तीन दिन लाग्छ। हाल कलियुगका कारण एकै दिनमा गर्ने प्रचलन रहेको छ।

.के १ पटक विधिवत् पूजा गरेपछि पूर्ण निवारण हुन्छ-
 विधि पूर्वक गरिएको एउटै काम पूर्ण हुन्छ। तर यदि स्वतस्फर्ूत रुपमा नभई कर बलले र मनमा अशान्ति बोकेर अनि श्रद्धा विश्वास हीन यज्ञ हजार गरे पनि पूर्ण हुँदैन। १ पटक पूर्वजन्मको पाप प्रायश्चित्त गरे पछि यस लोकमा सुख शान्ति पाउनका लागि र धनधान्य निरोगिता आयु आरोग्य ऐर्श्वर्य पुत्र पौत्रादि प्राप्ति हुनकालागि अन्य काम्य कर्म गर्न आवश्यक रहन्छ। कालर्सप योग शान्ति नगरी गरिएका अरु कर्म निष्फल रहने हुनाले पहिला विधिपूर्वक जान्ने, वेद शास्त्र शुद्ध गरी उच्चारण गरी पढ्ने कर्मेष्ठी आचारण युक्त ब्राéणहरुद्धारा मात्र यज्ञ सम्पन्न गराउनुहोला।
. कालर्सपयोग शान्ति गर्न केके सामान चाहिन्छ-
कालसर्पयोग शान्ति गर्न तललेखिए अनुसार सामान जुटाउनु पर्छ

सामान्य पूजाकासामानहरु
  • राहुको मूर्ति केतुको मूर्ति १÷१ वटा
  • धुपबत्ती, ज्योति, सालधुप गुग्गलधुप, कपूर धुप केही
  • सुनको नाग नागिनीका मूर्ति भनेअनुसार
  • हवन गर्ने समीधा राजद्धारकोमाटो चौबाटोको माटो रेणुका (गाईका खुरको) तुलसीमठको माटो केही
  • चन्दन अवीर केशरी फूलपत्र
  • सेतो रातो पहेलो कपडा १ मीटर
  • बेसार केही ऋतुफल नरीवल केही
  • वेलपत्र १००८
  • जनै सुपारी पञ्चरत्न केही
  • गाईको द्ध दही, ध्यु गोवर गहुँत
  • राहु र केतुका दान सामग्री
  • पुरुष वस्त्र १ सेट स्त्री वस्त्र १ सेट
  • सौभाग्य सामग्री
      
. घरमा मंगल कार्य गरेको १ वर्षभत्र काल र्सपयोग शान्ति गराउनु हुँदैन। अनिष्ट गर्छ।

१०. कुन मुहुर्तमा गर्ने त? 
कालर्सपयोग शान्ति गर्ने मुहुर्त धेरै पाइन्छन। तर सवभन्दा उत्तम नाग पञ्चमी , श्रीपञ्चमी र ग्रहणलाग्ने दिनमा हुन्छ। अश्लेषा नक्षत्रयुक्त बुधबारे औंसीमा पनि यसको शान्ति गर्न सकिन्छ।



९. घरमा मंगल कार्य गरेको १ वर्षभित्र काल सर्पयोग शान्ति गराउनु हुँदैन। अनिष्ट गर्छ।
१०. कुन मुहुर्तमा गर्ने त?
कालसर्पयोग शान्ति गर्ने मुहुर्त धेरै पाइन्छन। तर सवभन्दा उत्तम नाग पञ्चमी , श्रीपञ्चमी र ग्रहणलाग्ने दिनमा हुन्छ। अश्लेषा नक्षत्रयुक्त बुधबारे औंसीमा पनि यसको शान्ति गर्न सकिन्छ।
जाप पाठ हवन तर्पण मार्जन गरेर मात्र सा·ता सिद्धि हुने हुनाले यी पाँच कुरा ग्रह शान्तिमा छुटाउनु हुँदैन।

कालसर्पयोग शान्तिको संक्षेप विधि
क) कर्मपात्र निर्माण
ख) अग्निस्थापना गर्ने। पूर्वांग हवन गर्ने। कर्मपछि उत्तरांग हवन गर्ने। विचमा राहुको वैदिक मन्त्रले १०८ केतुको १०८, र
‘‘ नमो अस्तु सर्पेभ्यो ये के च पृथिवी मनु ।
ये अन्तरिक्षे ये दिवितेभ्य सर्पेभ्यो नमः । ‘
मन्त्रले १०८ दुवो गाईको सुकेको गोबर र तिल गरी हवन गर्नुपर्छ ।।
ग) रुद्री स्थापना ( पडङ्ग पञ्चरुद्री वा लघुरुदी)
नागबलि (सर्प संस्कार) निर्णय सिन्धु पेज ११८० अनुसार
औंसी, पूर्णिमा, पञ्चमी वा अश्लेषायुक्त नवमीमा गर्ने। कर्ताले सपत्नी प्रायश्चित्त गरी गाईदान गर्ने । र ब्राहमण सामू मैले पूर्व जन्ममा वा यस जन्ममा जानेर वा नजानेर सर्पहत्या गरेको रहेछु त्यसको लागि अव प्रायश्चित्त गर्दछु भनी भन्नू र ब्राहमणले पनि पूर्वांग र उत्तराङ्गले युक्त विधिवत पूजा तथा १४ कृच्छ प्रायश्चित्त द्धारा शुद्धि होओस भनी आशिष दिनू। र प्रायश्चित्त गर्नु।
१.पूरोहितले निम्न संकल्पले १४ कृच्छ प्रायश्चित्त निम्नानुसार गराउने।
देशकाल... इत्यादि समुच्चार्य...... अद्येह अमुक गोत्रोत्पन्न अमूक प्रवरान्वितो अमूक शर्माहं मम वर्षदुपदिष्टं चतुर्दश कृच्छ्र प्रायश्चित्त अमूक प्रत्याम्नयेत अहं आचरयिष्ये।
पुनश्च लोहदण्ड दानार्थ निम्न संकल्प पढी दक्षिणा सहित दान दिने।

२. देशकाल... इत्यादि समुच्चार्य...... अद्येह अमुक गोत्रोत्पन्न अमूक प्रवरान्वितो अमूक शर्माहं मम इह जन्मनि जन्मान्तरे वा सर्पवध दोष परिहारार्थ इमं लोहदण्डं सदक्षिणा अमूक गोत्राय अमूक नाम्ने सूपूजिताय ब्राह्मणाय तुभ्यमहं संप्रददे भनी त्यस लोहदण्डलाई ब्राह्मणको हातमा दिनु।
३. यति दान गरि सके पछि ब्राह्मणका आज्ञाले आटा, चामलको पीठो, तिल वा पीनाबाट सर्पको आकार तयार गरी त्यसलाई नाङ्लोमाथि राखेर हे सर्प तिमी म द्धारा पहिले मारिएका थियौ।
अहिले आएर यस आकृतिमा प्रवेश गर। म तिम्रो संस्कारका लागि भक्तिपूर्वक प्रार्थना गरिरहेको छु।
( एहि पूर्वमृतः सर्प अस्मिन्पिष्टे समाविश । संस्कारार्थ अहं भक्त्या प्राथयामि समाहितः। )
भनी प्रार्थना गरि कपडा जनै, चन्दन, आदिले सर्पको प्रतिमामा षोडषोपचार पूजा गरी नाङ्लो घरबाहिर लिएर जानुपर्छ। र सर्पबलि समेत निम्नानुसार दिनुपर्छ। र हात पाउ धोई देश काल उच्चारण गरी निम्न संकल्प पढ्नु पर्छ ।

देशकाल... इत्यादि समुच्चार्य...... अद्येह अमुक गोत्रोत्पन्न अमूक प्रवरान्वितो अमूक शर्माहं मम इह जन्मनि जन्मान्तरे वा ज्ञानाज्ञानद्धारा जात सर्पवधोत्थदोष परिहारार्थ सर्प संस्कार कर्म करिष्ये।
सव्य भई लौकिक अग्निको प्रतिष्ठा गरेर समिधाको आधान गर्नु र आग्नेय दिशातिर गई कुश विच्छाएर त्यसमाथि सिञ्चन गरी अग्नि राखेर जलले सिञ्चन गरी पूजागर्नू । समिधा राखे पछि प्रजापतये स्वाहा।। इन्द्राय स्वाहा ।। इत्यादि मन्त्रबाट आधार होम गर्नु पर्छ। आज्यभाग होम गर्दा अग्नये स्वाहा।। सोमाय स्वाहा।। इत्यादि मन्त्रद्धारा हवन गर्नु पर्छ। यसरी विधि पूर्वक आहुति दिएपछि सर्पाकृतिलाई यत्नपूर्वक जतन गरी चितामाथि राख्नु पर्छ। त्यस पछि सुरोले अग्निमा घिउ चढाउँदै तीन व्याह्ृति मन्त्र ओं भूः भुवः स्वः उच्चारण गरी हवन गर्नु पर्छ। सर्पको शीरतर्फ व्याहृतिद्धारा घिउको हवन गर्नु पर्छ। र आज्यशेषलाई सुराले नै सर्पको शरीरमा सेचन गर्नु पर्छ। एक काठको दाबिलो आकारको चमचमा जल लिएर सोहि सर्पमा अभ्युक्षण गर्नु वा छिर्कनु पर्छ। यसपछि
अग्नि रक्षा णो अंहसः प्रति ष्म देव रीषतः । तपिष्ठैरजरो दह।
भन्दै उक्त चितामाथि राखिएको सर्पमा दागबत्ती दिनु पर्छ। र सर्पदाह हुन थाले पछि निम्न मन्त्र पढ्दै उपस्थापन गर्नूपर्छ।
नमो अस्तु सर्पेभ्यो ये के च पृथिवी मनु । ये अन्तरिक्षे ये दिवितेभ्य सर्पेभ्यो नमः । ये दोरोयने दिवो ये वा सूर्यस्य रश्मिभिः येषामण्सु सदस्कृतं तेभ्यः।।
या इषवो यातु धातुनां ये वा वनस्पति रनु देवा वटेषु शरते तेभ्यः ।।
त्राहि त्राहि महाभोगिन सर्पोपद्रव दुःखतः । सन्तान देहि मे पुण्यां निर्दुष्टां दीर्घ जीविताम्।
प्रपन्न पाहि मां भक्त्या कृपालो दीनवत्सल । ज्ञानतोज्ञानतो वापि कृत सर्प वधो मया ।।
जन्मान्तरेतर्थतस्मिन्नत्पूर्रेस्थवाविभो । तत्पापं नाशयं क्षिप्रं अपराधं क्षमस्व मे ।।
सर्प जलिसकेपछि अस्थि सञ्चयन गर्नु पर्दैन। व्याहृति मन्त्रद्धारा घिउ दुधले अग्निमा छिर्कनु पर्छ। र शेष अग्निलाई जलले निभाएर त्यसपछि स्नान गरी घरमा रुदीगरेको स्थानमा जानु पर्छ। निर्णय सिन्धुका अनुसार सर्प संस्कारको तीन दिन आशौच लाग्छ। चौथो दिनमा आठजना ब्राह्मणहरुलाई सर्प अनन्त, शेष, कपिल नाग, कालिक, शङ्खपाल, भूधर आदि आठ नामबाट पूजा गर्नु र भोजन गराउनु पर्दछ भनी बताईएको छ।


तर एकैदिनमा सम्पन्न गर्नु पर्ने भएमा कम्तीमा ३ घण्टा आशौच बारेर मात्र रुदी गर्नु पर्छ । कलियुग हुनका कारण मानिसमा भौतिकवादी दृटिकोण बढ्दै गएको र प्रायमानिसको कुण्डलीमा पूर्व जन्मार्जित पाप सचिति हुँदै जानाले धर्म लोपहुनलागेको अवस्थामा १ दिनमा भएपनि दोषरहित विधिले पूरोहितले कालसर्प शान्ति यज्ञ गराउनु राम्रो हुनेछ।

कलियुगमा विकल्पले .....

पुनश्चः सर्प संस्कार गर्दा तीन दिन आशौच बार्नु पर्ने बाध्यता र चौथो दिनमा मात्र साङ्गता सिद्धि गर्ने कार्यको विकल्पमा ज्योतिषद्धारा बताईए अनुसार संख्यामा चन्दनको काठमा चाँदीका नाग नागिन बनाई सुनको शीर राखेर नाग नागिनीलाई गंगा जलले स्नान गराई पञ्चगव्य सेचन तथा गाईको दुधले स्नान गराई प्राण प्रतिष्ठा विधिल निम्न मन्त्रले प्राण प्रतिष्ठा गरी पूर्व जन्ममा मारेको नागको आत्मआवाहन गरी प्रतिष्ठित गरी गराई उक्त नागलाई जलमा बगाउने, नागस्थानमै छोडिदिने वा दान दिने गनर््ु पर्दछ। यसो गर्दा आशौच रहित भएर नाग पूजा गर्न सकिने हन्छ। र सोहि यजमानलाई रुदीको कर्ता बनाएर यज्ञ सम्पन्न गर्न गराउन सकिन्छ। यस अन्तर्गत नागको
मूर्ति बनाएर नागस्थानमा स्थापना गर्ने गराउने प्रचलन रहिआएको पाइन्छ। वृहत्पाराशर होराशास्त्रमा त नाग पूजा गर्ने विधि यसरी बताईएको छ।
तद्दोषपरिहारार्थं नाग पूजां समाचरेत्। स्वगृह्योक्त विधानेन प्रतिष्ठां कारयेद् सुधी।
नागमूर्तिं सुवर्णेन कृत्वा पूजां समाचरेत् । गोभूतिलहिरण्यादि दद्याद् वित्तानुसारतः।।

 

तसर्थ १ दिने कार्य गर्दा
कर्मपात्र निर्माण
दीपकलश गणेश पूजन
रुदीस्थापना
१४ कृच्छ प्रायश्चित्त र लोह दण्ड दान
नाङ्लोमा ÷ चन्दनको काठमा चाँदीका नाग नागिन राखी प्राण प्रतिष्ठाविधिले पूजा र प्रतिष्ठा गरी नाग स्थानमा राखी छाडिदिने। (नजलाउने) कसैका मतमा १ दिनेमा पनि जलाउने भनी उल्लेख भएको पाइन्छ।
राहुको स्थापना पूजन केतुको स्थापना पूजन
अरिष्ट ग्रह दान १०८ हवन
दक्षिणा तथा ब्राह्मण भोजन

सर्पसूक्त पाठ
ब्रह्मलोके च ये सर्पाः शेषनाग पूरोगमाः । नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
विष्णुलोके च ये सर्पाः वासुकि प्रमुखाश्चये। नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
रुद्रलोके च ये सर्पाः तक्षक प्रमुखाश्तथा। नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
खांडवस्य तथा दाहे स्वर्गं ये च समाधितः। नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
सर्पसत्रे च ये सर्पाः आस्तिकेन च रक्षितााः । नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
प्रलये चैव ये सर्पाः कर्कोट प्रमुखाश्चये। नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
धर्मलोके च ये सर्पाः वैतरण्यां समाश्रिताः । नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
ये सर्पा पार्वतीयेषु दरीसंधिषु संस्थिताः । नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
ग्रामे वा यदि वारण्ये ये सर्पाः प्रचरन्ति हि। नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
पृथिव्यां चैव ये सर्पाः बिलसंस्थिताः । नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।
रसातले च ये सर्पाः अनन्ताद्या महाबलाः । नमोस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा ।

3 comments:

Ghanistha Puri said...

राम्रो

Unknown said...

राम्रो लाग्यो

Unknown said...

राम्रो लाग्यो