Mar 26, 2022

२०७९ को वैशाख संक्रान्ति फल र शान्ति विधिः (ज्यो. पं. लक्ष्मण गौतम ९८५७६३६२६०)


२०७९ काे बशाख संक्रान्तिफल 

।।हरि म् ।।२०७९ साल अारम्भकाे संक्रान्ति लाइ मेषविषुवत् भनिन्छ।  तपाइकाे आफ्नो राशिकाे नामको शुरु अक्षरबाट हेरी वा नक्षत्रबाट हेरी संक्रान्तिफल कहाँ परेकाे छ थाहा पाउनु हाेस।

१. कु घ ङ छ के को हा हि हु हे हो डा  डि डु डे डो मा मि मु मे मो टा टि टु टे टो पा पि  बाट नाम हुनेहरूकाे ( शीर्षे भूलाभ: राम्रो (शीरमा परेकाे हुनाले शुभ छ र जग्गा जमीनबाट लाभ मिल्ने याेग छ)

२. अ इ उ ए ओ बा बि बु बे बो क कि बाट नाम हुनेहरूकाे (मुखे पाडित्यम् वा मुखमा परेकाे छ शुभ हुने छ।)

 ३. से सो दा दि दु थ झ ञ दे दो चा चि चु चे चो ला लि लु ले लो बाट नाम हुनेहरूकाे ( ह्रदि धनागम वा हृदयमा परेकाे छ शुभ हुने छ)

४. खि खु खे खो गा गि गु गे गो सा सि सु बाट नाम हुनेहरूकाे ( दक्षकरे स्त्रीलाभ: वा दाहिने हात मा परेकाे छ मातृशक्तिकाे सहयाेग मिल्ने र कार्य सफल हुनेछ))

५. ये यो भा भि भु ध फा ढा भे भो जा जि बाट नाम हुनेहरूकाे ( वामकरे भैक्ष्यम वा देब्रे हातमा मा परेकाे छ अशुभ हुने छ))

६. ती तु ते तो ना नि नु ने नो या यी यु बाट नाम हुनेहरूकाे ( दक्षपादे भ्रमणम् वा दाहिने खुट्टा मा परेकाे छ मध्यम शुभ हुने छ)

६. पु ष ण ठ पे पो रा रि रु रे रो ता बाट नाम हुनेहरूकाे ( बामपादे कष्टम् वा देब्रे खुट्टामा परेकाे छ अशुभ हुने छ) )

शान्ति विधिः

देब्रे हातमा र देब्रे खुट्टामा पर्नेहरुले सबेरै गङ्गास्नान गर्नु, जुन अंगमा परेकाे छ साे अंगमा मह, पञ्चामृत अादि लेपन गरी, काँचाे धागाेकाे रक्षा सूत्र बनाइ ७ पटक बेरेर स्नान गरी उक्त सूत्र गंगाजलमा प्रबाहित गरी गराइ, घरमा सत्यनारायण पुजा, रुद्रािभषेक चण्डि पाठ अादि गरि हवन गरेर ब्राह्मण र कन्याहरुलाई दान दक्षिणा भोजन अादि गराउनाले शान्ति मिल्दछ

थप जानकारीका लागि तथा  सशुल्क अनलाइन परामर्शकालागि ज्याेतिषी पण्डित लक्ष्मण गाैतम ९८५७६३६२६०

Whatsapp/Viber: +977-9857636260

Messanger: https://www.facebook.com/laxman.gautam1

ज्याेतिष विज्ञान परामर्श केन्द्र नेपाल

 

No comments: