अमावस्या अर्थात अाैं सीमा जन्मने व्यक्तिकाे फल र शान्ति विधि
अमावस्या जन्म भनेकाे के हाे?
क) जब सूर्य र चन्द्रमा याैटै राशिमा रहन्छन र त्यतिबेला चतुर्दशी तिथि र अाैंसी तिथि परेकाे हुन्छ भने त्यतिबेला बच्चा जन्मनुलाइ चतुर्दशी, अमावश्या जन्म भनिन्छ।
ख) अमावश्याका दिन सूर्य र चन्द्रमा पृथ्वीमा सँगै उदाउने र अस्ताउने हुनाले सूर्यकाे प्रभावले चन्द्रमा अस्त (combust) हुन्छ। र चन्द्रमाकाे फल शुन्य हुन जान्छ।
अमावस्या जन्म फल के हाे?
ऋषि पराशरका अनुसार अमावस्या जन्मले बाबा अामा लाइ निर्धन बनाउँछ। जातकलाइ जिवनमा अनेक कठिनाइ अाउने हुन्छन।
शान्तिकाे उपाय के हुन्छ
पराशरका अनुसार
विधाय वारिणापूर्ण घटं तं स्थापयेद् बुधः । काेविदारबटाम्राणां निम्बपिप्पलयाेरपि ।।
...........
एवं कृतेमाेद्भवस्तु नियतं क्षेममाप्नुयात ।।
यस अनुसार
क) जलपूर्ण घटमा पञ्चपल्लब, पञ्चरत्न राखेर, राताे बस्त्रमाथि स्थापना गर्नु
ख) अमावस्याका देवता सूर्य र चन्द्रमाका तामाकाे र चाँदीकाे मूर्ति बनायेर विधिवत पूजा गर्ने
ग) हवन गर्ने
घ) चाँदी, सून र गाइ दान दिने ।