व्रतबन्ध तथा उपनयन
व्रतबन्ध (चूडाकर्म पनि भनिने ) यो पुरानो समय देखि चलि आएको एक परम्परागत हिन्दु संस्कार हो। संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ। व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो। उपनयन भन्नाले माथि लैजानु पदबढुवा गर्नु भन्ने बुझिन्छ।
हिन्दु वर्णाश्रम धर्ममा मानिसको आयुलाई १०० वर्ष मानी ४ भागमा विभाजन गरिन्छ
१- ब्रह्मचर्याश्रम (० देखि २५ वर्षसम्म),
२. गृहस्थाश्रम(२५ देखि ५० वर्षसम्म),
३. वानप्रस्थाश्रम (५० देखि ७५ वर्षसम्म) अनि
४. सन्यास आश्रम (७५ भन्दा बढी)।
बालकको व्रतबन्ध प्रायः बाल्यावस्थामा नै गरिन्छ, बालकको उमेर ८ वर्ष पूरा भएपछि उ ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ। त्यसैले यस कार्यलार्इ उपनयन पनि भनिन्छ। व्रतबन्ध गरिएको बालकले धार्मिक कार्यहरूमा सहभागी हुन पाउँदछ, अनि धार्मिक कर्महरू र नियमहरूको पालना पूर्ण रूपमा गर्दछ।
व्रतबन्धका विशेष लक्षणहरू
व्रतबन्धको विशेष सूचकको रूपमा रहेको मुण्डन (केवल टुप्पी बाँकी राखेर टाउकोको सबै कपाल काट्ने प्रक्रिया) अनि जनै धारण प्रक्रिया रहेका छन् । कुनै कुनै जनै नलगाउने जातमा पनि व्रतबन्ध जस्तै छेवर गर्ने परम्परा रहिआएको छ। कुनै पनि हिन्दू धार्मिक कार्यमा झै व्रतबन्धमा पनि होम गरेझै अग्नि कुण्डमा पूजाआजा गरिन्छ। यस पूजा अन्तर्गत बालकको गुरुले बालकलार्इ गायत्री मन्त्र सुनाउँछन्, जस अन्तर्गत बालकले हरेक वर्ष गुरू पूर्णिमाका दिन गुरूको मुख हेर्ने गर्दछन्।
व्रतबन्धको पद्धति
व्रतबन्ध विशेष तिथिको दिन छानेर गरिन्छ र विहान झिसमिसेदेखि नै यसको कर्म शुरू हुन्छ। प्राथमिक क्रियाहरूमा नित्य कर्म, अनि साधारण पूजाहरू पर्दछन। प्रक्रिया त अझै अघिल्लो दिन बेलुका नै शुरू भइसकेको हुन्छ, जब केटाको शिरमा दुम्सीको काँडा जडित गेरू व्रस्त्र बेरिन्छ र व्रतबन्धको दिनको बिहानीमा मात्र त्यसलाई निकालीन्छ। अरू पूजामा झै अग्नि कुण्ड अगाडि, अग्निलार्इ साक्षी राखी ब्रह्मचार्यका कर्म विधिहरूको प्रतीकात्मक क्रियाहरू गरिन्छ, जस्तै एकसरो गेरू लगाउने, अष्ठ बक्र (८ ठाउँमा बांगिएको लैारो), कमण्डलु, पोटली, मृगचर्म आदि बोक्ने, भिक्षा माग्ने (मिक्षा माग्ने विधिमा बालकको मामाको साथलार्इ अनिवार्य मानिन्छ)। पारम्परिक विधि अनुरूप बालक अनि गुरूको आश्रम गएर वेदको अध्ययन गर्दछन्। तर अहिले यो विधि प्रतीकात्मक रूपमा मात्रै जिवित छ। मामाको भूमिका यहाँ महत्वपूर्ण मानिन्छ। ब्रह्मचार्यबाट बालकलार्इ गृहस्थ जीवन निर्वाहगर्न प्रोत्साहन गर्ने जिम्मा मामाको हुन्छ। प्रतीकात्मक रूपमा भएपनि आजपनि बालकले सांसारिक माया, मोह त्यागेर आश्रम जाने चेष्टा गर्ने अनि मामाले द्रव्य अनि विलासको मोह देखाएर गृहस्थ जीवनतर्फ फर्काउने अभिनय गरिन्छ। व्रतबन्धको प्रतीक स्वरूप बालकले जनै ग्रहण गर्दछ अनि त्यस उपरान्त सदैव चोखो खाने, सत्कर्ममा लाग्ने, जनै ग्रहण गर्ने, भगवान्को जप गर्ने, गायत्री मन्त्रको जप गर्ने, खानु अगाडि अपसानी अर्पण गर्ने जस्ता नित्य कर्महरूको पालन गर्ने प्रण गर्दछ।
व्रतबन्धको सामग्री सूची
क) पूर्वांगका दिनकाे सामग्री
गणेश बनाउने सरजाम (राताे कपडा, रूमाल, चामलकाे पीठाे, भेली, मह, चिनी, धजा, कन्यालाइ टीका लगाउने समान,) राेटीकसार बनाउने सरजाम, यज्ञ बनाउने सरजाम, चाेखाे माटाे, लग्न लेखने सरजाम, मातृका पूजाकाे सरजाम, अाभ्युदयिक श्राद्द सरजाम, भारबाँध्ने सरजाम, बुकुवा सरजाम, ग्रहवेदी, वास्तुवेदी सरजाम, अनिष्ट ग्रहकाे सरजाम, भेटी ।
ख) ब्रतबन्धकाे दिनकाे सरजाम
१. सामान्य पूजा सरजाम
तामाकाे अंखारा, चाेखाेजल, जाै तिल, कुश, श्रीखण्ड चन्दन अक्षता, अवीर सिन्दुर कुमकुम, फुलमाला, बेलपत्र ,धुपदीप नैवेध, पञ्चामृत, पञ्चपल्लव, दुवाे, दही, फलफुल, सिक्का पैसा, गाइकाे गहुँत दुध दही ध्यु गाेवर, सरस्युँ। ब्राह्मण बरणकाे सामान, ब्राह्मण भाेजनकाे सामान। कपाल खाैरने सामान
२ विशेष सरजाम
पहेलाे कपाडकाे लँगाैटी मेखला कन्दनी (क्षत्रिलाइ धनुकाे ताँदाेकाे कन्दनी), कुमार बराबरकाे पलाँसकाे लठ्रठी, सुकेकाे गाइकाे गाेबरकाे कुण्डल, पहलाे कपडाकाे थैली , झाेली। मृगकाे छालाकाे अासनी नभए कुशकाे अासनी, काँसकाे कचाैरा, जनै ८ कुशकाे जनै १, सुपारी केही, भिक्षा माग्ने डाली, १ चामल नरिवल, फलफुफ, प्रणितापात्र, पाेक्षणी पात्र, सुराे अाज्यस्थाली, घिउ समिधा, पूर्णपात्र, अासनी पाञ्चपात्र, अाचमनी, गुरूलाइ दिने कपडा, गुरू भेटी, मन्त्र सुन्ने सीधा, जनै, सुपारी, पान गाेदान वा पैसा, दानप्रतिष्ठा, दुम्सीकाे काँडा । कुमारलाइ लगाउने नयाँ बस्त्र सेट। दुबाेकाे माला।
नाेट यसमा केही छुट भयेमा विज्ञजनकाे सुझाबकाे अपेक्षा।।