प्रश्नः एउटै गोत्रमा
वा दाजुभाइमा र भाइखलकमा २ वटा मृत्युको जुठो परेमा कसरी बार्ने? कतिदिनमा शुद्दि हुन्छ?
उत्तरः हामी सनातनी हिन्दु
धर्मालम्बीहरूले धर्म सिन्धु र निर्णय सिन्धु तथा विविध प्राच्यग्रन्थहरूका मतमा आधारित भएर जुठो सुतक निर्णय हेरेर तदनुसार
गर्दछौं। यसको संक्षेपमा यसप्रकार रहेको छ।
दशदिन लाग्ने मृताशौचमा मध्येमा दशदिन लाग्ने अथवा त्यो
भन्दा थोरै दिन लाग्ने मृताशौच परेमा पहिलेको आशौच (जुठो) सकिये पछि सबै
दाजुभाइहरूलाइ जुठो सकिन्छ। यसकुरा लाइ धर्मसिन्धुमा यस प्रकार बताइएको छ।
दशाहमृताशौचेदशाहस्य ततेन्यूनस्य
वा मृताशौचस्यसंपाते पूर्वप्रवृत्ताशौच समाप्त्या शुद्धिः दशाहजननाशौचेदशाहं
न्यूनं वा जननाशौचं पतति चेत्पूर्वप्रवृत्तसमाप्त्या शुद्धिः
दशाहमृताशौचेजननाशौचं दशाहं त्र्यहं वा संपतेत्तदा मृताशौचसमाप्त्या शुद्धिः
त्र्यहमृताशौचे त्र्यहं ततो न्यूनं वा मृताशौचं त्र्यहं जननाशौच वा संपतेत्तदा
पूर्वप्रवृत्तान्ते शुद्धिः त्रिदिनजननाशौचे त्रिदिनजननाशौचसंपत्ति पूर्वान्ते
शुद्धिः पक्षिणीमृताशौचे पक्षिण्येकाहान्यतरमृतकपाते पूर्वान्ते शुद्धिः ।
जननाशौचेन समेन अधिकेन वा मृताशौच नापैति पक्षिण्यादिरूपमृतकेन त्रिदिन दशाहं च
जननाशौच त्रिदिनमृताशौचेन दशाह जाताशौच च नापैति इति वहवः । त्रिदिनमृताशौचेन
दशाहं जाताशौचमृतक च न निवर्तते । एवं पक्षिण्या त्रिदिनमेकाहेन पक्षिणी च
नापैति । त्रिदिन जाताशौचेन दशाहं जाताशौच न निवर्तते । दशाहमृताशौचेदशाहस्य
ततोन्यूनस्य -धर्मसिन्धु: तृ०
प० उ० |
अर्थात् यस प्रमाणले भने बमोजिम दशदिन लाग्ने मृताशौचका
मध्येमा दशदिनलाग्ने अथवा त्यो भन्दा थोरै दिन लाग्ने मृताशौच पत्यो भने पहिलेको
आशौच समाप्त हुँदा शुद्धि हुन्छ । दशदिन लाग्ने जन्मसूतकमा दशदिन लाग्ने अथवा त्यो
भन्दा थोरै दशदिन लाग्ने मृताशौचमा दशदिनलाग्ने अथवा तीन दिन लाग्ने जन्मसूतक पत्न्यो
भने पहिले परेको मृताशौच समाप्त हुँदा शुद्धि हुन्छ । दिनलाग्ने जन्मसूतक परेमा
भने पहिलेको आशौच समाप्त हुँदा शुद्धि हुन्छ । तीन दिन लाग्ने मृताशौचका मध्येमा
तीन दिन लाग्ने यो भन्दा थोरै दिन लाग्ने मृताशौच अथवा तीन दिन लाग्ने जन्मसूतक
पत्न्यो भने पहिलेको मृताशौच शुद्ध हुँदा शुद्धि हुन्छ पक्षिणी (बाह प्रहर) लाग्ने
मृताशौचमा बाह प्रहर, एकदिन लाग्ने मृताशौच पप्यो भने पहिलेको आशौच शुद्ध हुँदा शुद्धि हुन्छ ।
तीन दिने जन्मसूतकमा तीन दिन लाग्ने जन्मसुतक परेमा पहिलेकाले शद्धि । पहिले परेको
तुल्य वा अधिक जन्मसूतकले पछि परेको मृताशौच शुद्धि हुँदैन । थोरेदिन आशौच लाग्ने
मृताशौचले धेरै दिन आशौच लाग्ने जन्मसूतक र धेरै दिन आशौच लाग्ने मृताशौच पहिलेको
आशौच शुद्ध हुँदा शुद्धि हुँदैन तीन दिन आशौच लाग्ने जन्मसूतकले दशदिन आशौच लाग्ने
जन्मसूतक पहिलेको आशौच शुद्ध हुँदा शुद्धि हुँदैन ।
पछि परेको आशौच पहिले परेको आशौच मित्र थाहा
हुनुपर्दछ
संपातोनाम
आशौचिनामेकाशौचित्वज्ञाने पारशौचित्वज्ञानम् १. तेनपूर्वाशौचमध्ये उत्पन्नमपि
पराशौचपूर्वाशौचाते ज्ञातं चेत्पर्येण न निवर्तते, संपाताऽभावात्
। पूर्वत्वपरत्वेतु उत्पत्तिकृते न ज्ञान कृते । - धर्मसिन्धु:
तृ० प० उ० १२३ |
एउटा आशौच परेको थाह भयो, त्यही आशौच भित्र अर्को आशौच परेको,
थाहा भयो भने संपात (खापिएको) हुन्छ। अतः पहिले परेको आशौचको
मध्येमा दोस्रो आशौच पर्न गये तर पहिला परेको आशोचको अन्त्यमा (आशौच समाप्त भएपछि)
थाह भयो भने पहिला परेको आशौचले शुद्ध हुँदैन, किनकी त्यहाँ संपात
(खापिएको) भएन । पहिलेको र पछिको आशौच आशौच परेर हुँदैन, आशौच
परेको थाहा भएर हुन्छ।
दशाहात्यरात्रौ
यदि निवृत्तियोग्यदशाहसंपातस्तदादिनद्वयमधिकं कार्यम् । दशमरात्रेश्चतुर्थयामे
निवृत्तियोग्यदशाहांतरसंपाते दिनत्रयमधिकम् । - धर्मसिन्धु:
तृ० प० उ० १२३ |
दशौ दिनको रात्रिमा अर्को आशौच परेमा
दशदिन लाग्ने आशौचको दशदिनको अन्तिम रात्रिमा दशदिन लाग्ने
आशौच थपियो भने दुई दिन बढी आशौच बार्नु पर्दछ । दशौं रात्रिको चौथो प्रहरमा दशदिन
लाग्ने आशौच खापियो भने तीन दिन बढी आशौच बार्नुपर्दछ ।
आशौच खापिएमा माता-पिता आदिको आशौच
पुत्रस्य
सपिण्डाशौचेन माता-पित्रोराशौच नापैति । एवं भायया भर्त्राशौच नापैति ।
केचित्पत्युर्भार्याशौचमपि नापैति इत्याहु: । मात्राशौच मध्ये पित्राशौच पाते
पूर्वान्ते शुद्धिः । स्मृत्यर्थसारादयस्तु पितुः सम्पूर्णमवाशौचं
कार्यमित्याहुः । पित्राशौचेमातुर्मरणे पित्राशौचं समाप्य पक्षिणीमधिकां
कुर्यात् । - धर्मसिन्धु: तृ० प० उ० १२३ |
सपिण्ड दाजु-भाइको आशौचले बाबु-आमाको आशौच जाँदैन । त्यस्तै
सपिण्ड दाजु-भाइको आशौचले परस्परमा पतिको र पत्नीको आशौच जाँदैन । आमाको आशौचको
मध्येमा बाबुको आशौच पत्न्यो भने आमाको आशौच शुद्धि हुँदा शुद्धि हुन्छ ।
स्मृत्यर्थसार आदि भन्दछन्- पिताको सम्पूर्ण आशौच नैं मान्नुपर्दछ, आमाको आशौचले शुद्धि हुँदैन । पिताको
आशौचको मध्येमा आमाको मरण भयो भने पिताको आशौच समाप्त गरेर पक्षिणी (बाह प्रहर)
बढी आमाको आशौच मान्नु पर्दछ ।
For feedback
and response please contact: +977-9857636260