Nov 6, 2022

ग्रहशान्ति सामग्री सूची

 

१. योगिनीदशाको दान -कृयपा तल चिन्ह लगाएको ग्रह दशाको दान नछुर्टाई गर्नुहोला

तपाइकाे कुण्डलीमा जुन ग्रह र दशा चलेको छ र खराबफल दिएकाे छ भने दान गर्ने बस्तुहरू यस प्रकार छन। 
 त्यही दशाको दान नछुटाइ गर्नुहोला ।



क्रस
योगिनीदशा
दान  गर्ने वस्तु
गर्नुपर्ने पूजा र जाप संख्या
मंगला
काँसकोभाँडाचामलकपुरदहीचाँदीघिउसेतोकपडासेतोगाई (बदलामा दुध)शंखश्रीखण्डचन्दन,  जनै, चामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

देवी पूजन,। ।
 ॐ ह्रीं मंगलायै मंगलाय स्वाहा ।।
 ११०० जाप
पिंगला
गहुँ वा अाटारातोकपडागुँडसुनरातोचन्दनकमलफुलघिउदुहुनोगाईचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।
रुद्राभिषेक ।।
ॐ ग्लौं पिंगले वैरिकारिणि प्रसीद फट् स्वाहा ।।
 ७००० जाप
धान्या
सुनकाेघोडा वा दक्षिणा,, महपहेंलोकपडाधाननुनपुष्पराजचिनीबेसारनवरत्न नाैवटा सिक्काचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

कुल देवता पूजन १ जना 
।। ॐ श्री धनदे धान्यै  स्वाहा  ।।
 ले १९०० जाप
भ्रामरी
मुगागहुँ वा अाटा, मुसुरो दालरातोगाइ वा दक्षिणा ,करवीरको फूल वा राताे फुलसुन (सिक्कामा)तामाकाे कलशरातोकपडासख्खररातोचन्दनचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

गणेश पूजन।। 
ॐ भ्रामरिजगतामधी श्वरि भ्रामरि क्लीं स्वाहा ।।
१००० जाप
भद्रिका
हरियोकपडापन्नासुन (सिक्कामा), घिउकाँसहात्तीकोदाँत,  ऊनकस्तुरीचाँदीथरिथरिको फुल, चामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

विष्णु पूजन ।। 
ॐ भद्रिके भद्रं देहि अभद्रं नाशय स्वाहाः।।
  ले ८०० जाप
उल्का
भैंसीकोघिउ,कालोछाताकालो तिलमासतेलगहतखड्ग वा चक्कुसुनकोर्सप अाकार, कालोगाई वा दक्षिणाचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

देवी पूजा।  । 
ॐ उल्के मम रोग नाशय जृम्भय स्वाहा ।।
२३०० जापगर्ने
सिद्धा
बुट्टेकपडाचामलघिउसुन चाँदीहीरासुगन्धद्रव्य (सिक्का)सेतोघोडा अाकार (चाँदीमा)दुहुनोगाई वा दुधश्रीखण्ड चन्दनचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

इन्द्राणी पूजा।  
 ॐ ह्रीं सिद्धे मे र्सव मानसं साधय स्वाहा ।।
 ११०० जाप
संकटा
तिलभरिएको तामाकोकलशकालोछाताखड्ग वा चक्कुसुनकाे सिक्कामासगहततेलकालोउनको कपडाचाँदीकोघोडाअाकार,  कस्तुरीचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।
भैरव-शिव)पूजा।।
ॐ ह्री संकटे मम रोग नाशय जृम्भय स्वाहा ।।
१८००जप



२. ग्रहदशाको दान -कृयपा तल चिन्ह लगाएको ग्रह दशाको दान नछुटाइ तपाइलाइ जुन दशा चलेको छ भनेको हो त्यही दशाको दान  गर्नुहोला ।


क्रस
ग्रहदशा
पत्थर
दान  गर्ने वस्तु
गर्नुपर्ने कार्य र जाप संख्या
सूर्य
मणि
गहुँ वा अाटारातोकपडागुँडसुनरातोचन्दनकमलफुलघिउदुहुनोगाईचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

शिव पूजन रुद्राभिषेक ।।ॐ घृणि सूर्याय नमः।।  ले ७०००
चन्द्र 
मोति
काँसकोभाँडाचामलकपुरदहीचाँदीघिउसेतोकपडासेतोगाई (बदलामा दुध)शंखश्रीखण्डचन्दन,  जनै, चामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

देवी पूजन। । ॐ सों सोमाय नमः ।।  ११०००
मंगल
मुगा
मुगागहुँ वा अाटा, मुसुरो दालरातोगाइ वा दक्षिणा ,करवीरको फूल वा राताे फुलसुन (सिक्कामा)तामाकाे कलशरातोकपडासख्खररातोचन्दनचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

गणेश पूजन।। ॐ अं अंगारकाय नमः।। ले १००००
बुध 
पन्ना
हरियोकपडापन्नासुन (सिक्कामा), घिउकाँसहात्तीकोदाँत,  ऊनकस्तुरीचाँदीथरिथरिको फुल, चामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

विष्णु पूजन ।। ॐ बुं बुधाय नमः।।  ले ८००० जाप
गुरु
पुष्प राज
सुनकाेघोडा वा दक्षिणा,, महपहेंलोकपडाधाननुनपुष्पराजचिनीबेसारनवरत्न नाैवटा सिक्काचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

कुल देवता पूजन  ।। ॐ बृं बृहस्पतये नमः।। ले १९०००
शुक्र 
हीरा
बुट्टेकपडाचामलघिउसुन चाँदीहीरासुगन्धद्रव्य (सिक्का)सेतोघोडा अाकार (चाँदीमा)दुहुनोगाई वा दुधश्रीखण्ड चन्दनचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

इन्द्राणी पूजा।  । ॐ शुँ शुक्राय नमः।। ले ११००० जाप
शनि 
नीलम
भैंसीकोघिउ,कालोछाताकालो तिलमासतेलगहतखड्ग वा चक्कुसुनकोर्सप अाकार, कालोगाई वा दक्षिणाचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

देवी पूजा।  । ॐ शं शनिश्चराय नमः।। २३००० जाप गर्ने
राहु 
गोमेद
तिलभरिएको तामाकोकलशकालोछाताखड्ग वा चक्कुसुनकाे सिक्कामासगहततेलकालोउनको कपडाचाँदीकोघोडाअाकार,  कस्तुरीचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।

भैरव-शिवपूजा।  । ॐ रां राहवे नमः।। ले १८००० जाप गर्नु
केतु
वैदुर्य मणि
तेलकस्तुरीतिल,ऊनध्वाँसे कपडामाससुनखड्ग (चक्कु)नुनकम्बल वा उनध्वाँसे फूलचामल १ माना, ग्रहकाे  दक्षिणा जापकाे दशांश रकम।
भैरव-शिवपूजा। । ॐ कें केतवेे नमः।। ले ७००० जाप।

यदि झुक्किनु भयाे भने सम्पर्क   + 977 9857636260 
whatsapp   + 977 9857636260 
viber   + 977 9857636260 
facebook: laxmangatuam
ॐ नमः शिवाय मन्त्र अधिकाधिक जाप गरेमा धेरै राम्रो 



Jul 14, 2022

जुठो आशौच खप्टिएमा कसरी बार्ने?


प्रश्नः एउटै गोत्रमा वा दाजुभाइमा र भाइखलकमा २ वटा मृत्युक जुठ परेमा कसरी बार्ने? कतिदिनमा शुद्दि हुन्छ?

उत्तरः हामी सनातनी हिन्दु धर्मालम्बीहरूले धर्म सिन्धु र निर्णय सिन्धु तथा विविध प्राच्यग्रन्थहरूका मतमा आधारित भएर जुठो सुतक निर्णय हेरेर तदनुसार गर्दछौं। यसको संक्षेपमा यसप्रकार रहेको छ।

दशदिन लाग्ने मृताशौचमा मध्येमा दशदिन लाग्ने अथवा त्यो भन्दा थोरै दिन लाग्ने मृताशौच परेमा पहिलेको आशौच (जुठो) सकिये पछि सबै दाजुभाइहरूलाइ जुठो सकिन्छ। यसकुरा लाइ धर्मसिन्धुमा यस प्रकार बताइएको छ।

दशाहमृताशौचेदशाहस्य ततेन्यूनस्य वा मृताशौचस्यसंपाते पूर्वप्रवृत्ताशौच समाप्त्या शुद्धिः दशाहजननाशौचेदशाहं न्यूनं वा जननाशौचं पतति चेत्पूर्वप्रवृत्तसमाप्त्या शुद्धिः दशाहमृताशौचेजननाशौचं दशाहं त्र्यहं वा संपतेत्तदा मृताशौचसमाप्त्या शुद्धिः त्र्यहमृताशौचे त्र्यहं ततो न्यूनं वा मृताशौचं त्र्यहं जननाशौच वा संपतेत्तदा पूर्वप्रवृत्तान्ते शुद्धिः त्रिदिनजननाशौचे त्रिदिनजननाशौचसंपत्ति पूर्वान्ते शुद्धिः पक्षिणीमृताशौचे पक्षिण्येकाहान्यतरमृतकपाते पूर्वान्ते शुद्धिः । जननाशौचेन समेन अधिकेन वा मृताशौच नापैति पक्षिण्यादिरूपमृतकेन त्रिदिन दशाहं च जननाशौच त्रिदिनमृताशौचेन दशाह जाताशौच च नापैति इति वहवः । त्रिदिनमृताशौचेन दशाहं जाताशौचमृतक च न निवर्तते । एवं पक्षिण्या त्रिदिनमेकाहेन पक्षिणी च नापैति । त्रिदिन जाताशौचेन दशाहं जाताशौच न निवर्तते । दशाहमृताशौचेदशाहस्य ततोन्यूनस्य -धर्मसिन्धु: तृ० प० उ०

 

 

 

अर्थात् यस प्रमाणले भने बमोजिम दशदिन लाग्ने मृताशौचका मध्येमा दशदिनलाग्ने अथवा त्यो भन्दा थोरै दिन लाग्ने मृताशौच पत्यो भने पहिलेको आशौच समाप्त हुँदा शुद्धि हुन्छ । दशदिन लाग्ने जन्मसूतकमा दशदिन लाग्ने अथवा त्यो भन्दा थोरै दशदिन लाग्ने मृताशौचमा दशदिनलाग्ने अथवा तीन दिन लाग्ने जन्मसूतक पत्न्यो भने पहिले परेको मृताशौच समाप्त हुँदा शुद्धि हुन्छ । दिनलाग्ने जन्मसूतक परेमा भने पहिलेको आशौच समाप्त हुँदा शुद्धि हुन्छ । तीन दिन लाग्ने मृताशौचका मध्येमा तीन दिन लाग्ने यो भन्दा थोरै दिन लाग्ने मृताशौच अथवा तीन दिन लाग्ने जन्मसूतक पत्न्यो भने पहिलेको मृताशौच शुद्ध हुँदा शुद्धि हुन्छ पक्षिणी (बाह प्रहर) लाग्ने मृताशौचमा बाह प्रहर, एकदिन लाग्ने मृताशौच पप्यो भने पहिलेको आशौच शुद्ध हुँदा शुद्धि हुन्छ । तीन दिने जन्मसूतकमा तीन दिन लाग्ने जन्मसुतक परेमा पहिलेकाले शद्धि । पहिले परेको तुल्य वा अधिक जन्मसूतकले पछि परेको मृताशौच शुद्धि हुँदैन । थोरेदिन आशौच लाग्ने मृताशौचले धेरै दिन आशौच लाग्ने जन्मसूतक र धेरै दिन आशौच लाग्ने मृताशौच पहिलेको आशौच शुद्ध हुँदा शुद्धि हुँदैन तीन दिन आशौच लाग्ने जन्मसूतकले दशदिन आशौच लाग्ने जन्मसूतक पहिलेको आशौच शुद्ध हुँदा शुद्धि हुँदैन ।

 

पछि परेको आशौच पहिले परेको आशौच मित्र थाहा हुनुपर्दछ

संपातोनाम आशौचिनामेकाशौचित्वज्ञाने पारशौचित्वज्ञानम् १. तेनपूर्वाशौचमध्ये उत्पन्नमपि पराशौचपूर्वाशौचाते ज्ञातं चेत्पर्येण न निवर्तते, संपाताऽभावात् । पूर्वत्वपरत्वेतु उत्पत्तिकृते न ज्ञान कृते । - धर्मसिन्धु: तृ० प० उ० १२३

 

एउटा आशौच परेको थाह भयो, त्यही आशौच भित्र अर्को आशौच परेको, थाहा भयो भने संपात (खापिएको) हुन्छ। अतः पहिले परेको आशौचको मध्येमा दोस्रो आशौच पर्न गये तर पहिला परेको आशोचको अन्त्यमा (आशौच समाप्त भएपछि) थाह भयो भने पहिला परेको आशौचले शुद्ध हुँदैन, किनकी त्यहाँ संपात (खापिएको) भएन । पहिलेको र पछिको आशौच आशौच परेर हुँदैन, आशौच परेको थाहा भएर हुन्छ।

दशाहात्यरात्रौ यदि निवृत्तियोग्यदशाहसंपातस्तदादिनद्वयमधिकं कार्यम् । दशमरात्रेश्चतुर्थयामे निवृत्तियोग्यदशाहांतरसंपाते दिनत्रयमधिकम् । - धर्मसिन्धु: तृ० प० उ० १२३

दशौ दिनको रात्रिमा अर्को आशौच परेमा

दशदिन लाग्ने आशौचको दशदिनको अन्तिम रात्रिमा दशदिन लाग्ने आशौच थपियो भने दुई दिन बढी आशौच बार्नु पर्दछ । दशौं रात्रिको चौथो प्रहरमा दशदिन लाग्ने आशौच खापियो भने तीन दिन बढी आशौच बार्नुपर्दछ ।

आशौच खापिएमा माता-पिता आदिको आशौच

पुत्रस्य सपिण्डाशौचेन माता-पित्रोराशौच नापैति । एवं भायया भर्त्राशौच नापैति । केचित्पत्युर्भार्याशौचमपि नापैति इत्याहु: । मात्राशौच मध्ये पित्राशौच पाते पूर्वान्ते शुद्धिः । स्मृत्यर्थसारादयस्तु पितुः सम्पूर्णमवाशौचं कार्यमित्याहुः । पित्राशौचेमातुर्मरणे पित्राशौचं समाप्य पक्षिणीमधिकां कुर्यात् । - धर्मसिन्धु: तृ० प० उ० १२३

सपिण्ड दाजु-भाइको आशौचले बाबु-आमाको आशौच जाँदैन । त्यस्तै सपिण्ड दाजु-भाइको आशौचले परस्परमा पतिको र पत्नीको आशौच जाँदैन । आमाको आशौचको मध्येमा बाबुको आशौच पत्न्यो भने आमाको आशौच शुद्धि हुँदा शुद्धि हुन्छ । स्मृत्यर्थसार आदि भन्दछन्- पिताको सम्पूर्ण आशौच नैं मान्नुपर्दछ, आमाको आशौचले शुद्धि हुँदैन । पिताको आशौचको मध्येमा आमाको मरण भयो भने पिताको आशौच समाप्त गरेर पक्षिणी (बाह प्रहर) बढी आमाको आशौच मान्नु पर्दछ ।

For feedback and response please contact: +977-9857636260


Apr 30, 2022

अमावस्या अर्थात अाैं सीमा जन्मने व्यक्तिकाे फल र शान्ति विधि

अमावस्या अर्थात अाैं सीमा जन्मने व्यक्तिकाे फल र शान्ति विधि

अमावस्या जन्म भनेकाे के हाे?

क) जब सूर्य र चन्द्रमा याैटै राशिमा रहन्छन र त्यतिबेला चतुर्दशी  तिथि र अाैंसी तिथि परेकाे हुन्छ भने त्यतिबेला बच्चा जन्मनुलाइ चतुर्दशी, अमावश्या जन्म भनिन्छ।

ख) अमावश्याका दिन सूर्य र चन्द्रमा पृथ्वीमा सँगै उदाउने र अस्ताउने हुनाले सूर्यकाे प्रभावले चन्द्रमा अस्त (combust) हुन्छ। र चन्द्रमाकाे फल शुन्य हुन जान्छ।

अमावस्या जन्म फल के हाे?

 ऋषि पराशरका अनुसार अमावस्या जन्मले बाबा अामा लाइ निर्धन बनाउँछ। जातकलाइ  जिवनमा अनेक कठिनाइ अाउने हुन्छन। 

शान्तिकाे उपाय के हुन्छ

पराशरका अनुसार

विधाय वारिणापूर्ण घटं तं स्थापयेद् बुधः । काेविदारबटाम्राणां  निम्बपिप्पलयाेरपि ।।

...........

एवं कृतेमाेद्भवस्तु नियतं क्षेममाप्नुयात ।।

यस अनुसार

क) जलपूर्ण घटमा पञ्चपल्लब, पञ्चरत्न राखेर, राताे बस्त्रमाथि स्थापना गर्नु

ख) अमावस्याका देवता सूर्य र चन्द्रमाका तामाकाे र चाँदीकाे मूर्ति बनायेर  विधिवत पूजा गर्ने 

ग) हवन गर्ने

घ) चाँदी, सून र गाइ दान दिने ।

Apr 7, 2022

व्रतबन्धको सामग्री सूची

 व्रतबन्ध तथा उपनयन

व्रतबन्ध (चूडाकर्म पनि भनिने ) यो पुरानो समय देखि चलि आएको एक परम्परागत हिन्दु संस्कार हो। संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ। व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो। उपनयन भन्नाले माथि लैजानु पदबढुवा गर्नु भन्ने बुझिन्छ।
हिन्दु वर्णाश्रम धर्ममा मानिसको आयुलाई १०० वर्ष मानी ४ भागमा विभाजन गरिन्छ
१- ब्रह्मचर्याश्रम (० देखि २५ वर्षसम्म),
२. गृहस्थाश्रम(२५ देखि ५० वर्षसम्म),
३. वानप्रस्थाश्रम (५० देखि ७५ वर्षसम्म) अनि
४. सन्यास आश्रम (७५ भन्दा बढी)।
बालकको व्रतबन्ध प्रायः बाल्यावस्थामा नै गरिन्छ, बालकको उमेर ८ वर्ष पूरा भएपछि उ ब्रह्मचर्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ। त्यसैले यस कार्यलार्इ उपनयन पनि भनिन्छ। व्रतबन्ध गरिएको बालकले धार्मिक कार्यहरूमा सहभागी हुन पाउँदछ, अनि धार्मिक कर्महरू र नियमहरूको पालना पूर्ण रूपमा गर्दछ।
व्रतबन्धका विशेष लक्षणहरू
व्रतबन्धको विशेष सूचकको रूपमा रहेको मुण्डन (केवल टुप्पी बाँकी राखेर टाउकोको सबै कपाल काट्ने प्रक्रिया) अनि जनै धारण प्रक्रिया रहेका छन् । कुनै कुनै जनै नलगाउने जातमा पनि व्रतबन्ध जस्तै छेवर गर्ने परम्परा रहिआएको छ। कुनै पनि हिन्दू धार्मिक कार्यमा झै व्रतबन्धमा पनि होम गरेझै अग्नि कुण्डमा पूजाआजा गरिन्छ। यस पूजा अन्तर्गत बालकको गुरुले बालकलार्इ गायत्री मन्त्र सुनाउँछन्, जस अन्तर्गत बालकले हरेक वर्ष गुरू पूर्णिमाका दिन गुरूको मुख हेर्ने गर्दछन्।
व्रतबन्धको पद्धति
व्रतबन्ध विशेष तिथिको दिन छानेर गरिन्छ र विहान झिसमिसेदेखि नै यसको कर्म शुरू हुन्छ। प्राथमिक क्रियाहरूमा नित्य कर्म, अनि साधारण पूजाहरू पर्दछन। प्रक्रिया त अझै अघिल्लो दिन बेलुका नै शुरू भइसकेको हुन्छ, जब केटाको शिरमा दुम्सीको काँडा जडित गेरू व्रस्त्र बेरिन्छ र व्रतबन्धको दिनको बिहानीमा मात्र त्यसलाई निकालीन्छ। अरू पूजामा झै अग्नि कुण्ड अगाडि, अग्निलार्इ साक्षी राखी ब्रह्मचार्यका कर्म विधिहरूको प्रतीकात्मक क्रियाहरू गरिन्छ, जस्तै एकसरो गेरू लगाउने, अष्ठ बक्र (८ ठाउँमा बांगिएको लैारो), कमण्डलु, पोटली, मृगचर्म आदि बोक्ने, भिक्षा माग्ने (मिक्षा माग्ने विधिमा बालकको मामाको साथलार्इ अनिवार्य मानिन्छ)। पारम्परिक विधि अनुरूप बालक अनि गुरूको आश्रम गएर वेदको अध्ययन गर्दछन्। तर अहिले यो विधि प्रतीकात्मक रूपमा मात्रै जिवित छ। मामाको भूमिका यहाँ महत्वपूर्ण मानिन्छ। ब्रह्मचार्यबाट बालकलार्इ गृहस्थ जीवन निर्वाहगर्न प्रोत्साहन गर्ने जिम्मा मामाको हुन्छ। प्रतीकात्मक रूपमा भएपनि आजपनि बालकले सांसारिक माया, मोह त्यागेर आश्रम जाने चेष्टा गर्ने अनि मामाले द्रव्य अनि विलासको मोह देखाएर गृहस्थ जीवनतर्फ फर्काउने अभिनय गरिन्छ। व्रतबन्धको प्रतीक स्वरूप बालकले जनै ग्रहण गर्दछ अनि त्यस उपरान्त सदैव चोखो खाने, सत्कर्ममा लाग्ने, जनै ग्रहण गर्ने, भगवान्को जप गर्ने, गायत्री मन्त्रको जप गर्ने, खानु अगाडि अपसानी अर्पण गर्ने जस्ता नित्य कर्महरूको पालन गर्ने प्रण गर्दछ।

व्रतबन्धको सामग्री सूची
क) पूर्वांगका दिनकाे सामग्री

गणेश बनाउने सरजाम (राताे कपडा, रूमाल, चामलकाे पीठाे, भेली, मह, चिनी, धजा, कन्यालाइ टीका लगाउने समान,) राेटीकसार बनाउने सरजाम, यज्ञ बनाउने सरजाम, चाेखाे माटाे, लग्न लेखने सरजाम, मातृका पूजाकाे सरजाम, अाभ्युदयिक श्राद्द सरजाम, भारबाँध्ने सरजाम, बुकुवा सरजाम, ग्रहवेदी, वास्तुवेदी सरजाम, अनिष्ट ग्रहकाे सरजाम, भेटी ।

ख) ब्रतबन्धकाे दिनकाे सरजाम
१. सामान्य पूजा सरजाम
तामाकाे अंखारा, चाेखाेजल, जाै तिल, कुश, श्रीखण्ड चन्दन अक्षता, अवीर सिन्दुर कुमकुम, फुलमाला, बेलपत्र ,धुपदीप नैवेध, पञ्चामृत, पञ्चपल्लव, दुवाे, दही, फलफुल, सिक्का पैसा, गाइकाे गहुँत दुध दही ध्यु गाेवर, सरस्युँ। ब्राह्मण बरणकाे सामान, ब्राह्मण भाेजनकाे सामान। कपाल खाैरने सामान

२ विशेष सरजाम
पहेलाे कपाडकाे लँगाैटी मेखला कन्दनी (क्षत्रिलाइ धनुकाे ताँदाेकाे कन्दनी), कुमार बराबरकाे पलाँसकाे लठ्रठी, सुकेकाे गाइकाे गाेबरकाे कुण्डल, पहलाे कपडाकाे थैली , झाेली। मृगकाे छालाकाे अासनी नभए कुशकाे अासनी, काँसकाे कचाैरा, जनै ८ कुशकाे जनै १, सुपारी केही, भिक्षा माग्ने डाली, १ चामल नरिवल, फलफुफ, प्रणितापात्र, पाेक्षणी पात्र, सुराे अाज्यस्थाली, घिउ समिधा, पूर्णपात्र, अासनी पाञ्चपात्र, अाचमनी, गुरूलाइ दिने कपडा, गुरू भेटी, मन्त्र सुन्ने सीधा, जनै, सुपारी, पान गाेदान वा पैसा, दानप्रतिष्ठा, दुम्सीकाे काँडा । कुमारलाइ लगाउने नयाँ बस्त्र सेट। दुबाेकाे माला।

नाेट यसमा केही छुट भयेमा विज्ञजनकाे सुझाबकाे अपेक्षा।।

Mar 26, 2022

२०७९ को वैशाख संक्रान्ति फल र शान्ति विधिः (ज्यो. पं. लक्ष्मण गौतम ९८५७६३६२६०)


२०७९ काे बशाख संक्रान्तिफल 

।।हरि म् ।।२०७९ साल अारम्भकाे संक्रान्ति लाइ मेषविषुवत् भनिन्छ।  तपाइकाे आफ्नो राशिकाे नामको शुरु अक्षरबाट हेरी वा नक्षत्रबाट हेरी संक्रान्तिफल कहाँ परेकाे छ थाहा पाउनु हाेस।

१. कु घ ङ छ के को हा हि हु हे हो डा  डि डु डे डो मा मि मु मे मो टा टि टु टे टो पा पि  बाट नाम हुनेहरूकाे ( शीर्षे भूलाभ: राम्रो (शीरमा परेकाे हुनाले शुभ छ र जग्गा जमीनबाट लाभ मिल्ने याेग छ)

२. अ इ उ ए ओ बा बि बु बे बो क कि बाट नाम हुनेहरूकाे (मुखे पाडित्यम् वा मुखमा परेकाे छ शुभ हुने छ।)

 ३. से सो दा दि दु थ झ ञ दे दो चा चि चु चे चो ला लि लु ले लो बाट नाम हुनेहरूकाे ( ह्रदि धनागम वा हृदयमा परेकाे छ शुभ हुने छ)

४. खि खु खे खो गा गि गु गे गो सा सि सु बाट नाम हुनेहरूकाे ( दक्षकरे स्त्रीलाभ: वा दाहिने हात मा परेकाे छ मातृशक्तिकाे सहयाेग मिल्ने र कार्य सफल हुनेछ))

५. ये यो भा भि भु ध फा ढा भे भो जा जि बाट नाम हुनेहरूकाे ( वामकरे भैक्ष्यम वा देब्रे हातमा मा परेकाे छ अशुभ हुने छ))

६. ती तु ते तो ना नि नु ने नो या यी यु बाट नाम हुनेहरूकाे ( दक्षपादे भ्रमणम् वा दाहिने खुट्टा मा परेकाे छ मध्यम शुभ हुने छ)

६. पु ष ण ठ पे पो रा रि रु रे रो ता बाट नाम हुनेहरूकाे ( बामपादे कष्टम् वा देब्रे खुट्टामा परेकाे छ अशुभ हुने छ) )

शान्ति विधिः

देब्रे हातमा र देब्रे खुट्टामा पर्नेहरुले सबेरै गङ्गास्नान गर्नु, जुन अंगमा परेकाे छ साे अंगमा मह, पञ्चामृत अादि लेपन गरी, काँचाे धागाेकाे रक्षा सूत्र बनाइ ७ पटक बेरेर स्नान गरी उक्त सूत्र गंगाजलमा प्रबाहित गरी गराइ, घरमा सत्यनारायण पुजा, रुद्रािभषेक चण्डि पाठ अादि गरि हवन गरेर ब्राह्मण र कन्याहरुलाई दान दक्षिणा भोजन अादि गराउनाले शान्ति मिल्दछ

थप जानकारीका लागि तथा  सशुल्क अनलाइन परामर्शकालागि ज्याेतिषी पण्डित लक्ष्मण गाैतम ९८५७६३६२६०

Whatsapp/Viber: +977-9857636260

Messanger: https://www.facebook.com/laxman.gautam1

ज्याेतिष विज्ञान परामर्श केन्द्र नेपाल