http://jyotishlaxman.blogspot.com/p/blog-page_16.html
।। ॐ।। ।।गुरूर्ब्रह्रमा गुर्रूर्विष्णुः गुर्रूर्देवो महेश्वरः।। गुरूः साक्षात् परंर्ब्रह्रमा तस्मै श्री गुरवेः नमः।। ।।श्री हंस।। ।।श्रीमन्मङ्गलमुर्तये नमः।।
। ॐ श्री गणेशाय नमः। ॐ श्री परमात्मने नमः। ॐ श्री सद्गुरवे नमः। ॐ श्री सरस्वत्यै नमः। श्रीनवग्रहेभ्यो नमः।
ज्योतिष विज्ञान परामर्श केन्द्र , डिमुवा पर्वत
कम्प्युटर ज्योतिष सेवा
ज्योतिष पं. शास्त्री लक्ष्मण गौतम ९८४७६३६२६०
१. काल र्सप योग के हो-
अग्रेराहु पृष्ठे केतु अन्तरश्च नवग्रहाः।। काल र्सपभवेद्योगो वंशनाशो भवेद्ध्रुवम्।।
कुनै जातकको कुण्डलीमा राहु र केतुका वीचमा अन्य ७-९- (अरुण वरुण सहित) ग्रहहरु परेर बसेको अवस्थालाई काल र्सपयोग भनिन्छ। यो वंशमा हानि पुर्याउने खालको हुन्छ। प्राचीन वेदांग ज्योतिषमा यसको खास महत्वपुर्वक चर्चा भएको पाईंदैन। तथापि कालान्तरमा प्रयोगकर्ता र अनुसन्धाता ज्योतिषहरुको विश्लेषणले यसले ठूलो चर्चा पाएको छ। र यसैका आधारमा गरिएका फलादेशहरु सत्य सावित हुँदै आएका छन् ।
२. यो कति प्रकारको हुन्छ-
यो मुख्य उदित (दृश्य) र अनुदितगरि २ प्रकारको मानिन्छ। तर प्रत्येकका १२ / १२ गरी २४ प्रकार तथा तिनका उपप्रकार गरी २८८ र राहु केतु र अन्य को योगले अरु धेरै प्रकारका पाइन्छन।
३.यसको नकारात्मक प्रभाव जीवनमा के के पर्छ?
यसका नकारात्मक फल मुख्यगरी निम्न प्रकारका हुन्छन् ।
क) सन्तानमा अवरोधकारक
ख) सोचे अनुरुप पति-पत्नी प्राप्त नहुनु । वैवाहिक सम्वन्धमा खटपट र स्थायित्व नहुनु ।
ग) कठोर परिश्रम पुर्वक धनार्जन तथा व्यहारिक कर नपाईनु।
घ) शारीरिक हीनता र मानसिक दुर्वलताका कारण निराशाभाव आउनु
ङ) झमेला झगडा मुद्धामामिला र परेशानी मात्र आई लाग्नु।
४. के कालर्सप योगको सकरात्मक प्रभाव छैन-
हो कालर्सपयोगले प्राय नकारात्मक फल नै दिन्छ तथापि कुण्डलीमा विपरीत कालर्सपयोग भएमा, कुलदेवता प्रसन्न भएमा र नागदेवता प्रसन्न भएमा कालर्सप योगको नकारात्मक प्रभाव पर्दैन। अत्यन्तै धन र वैभवको सुख मिल्छ। त्यसका लागि तोकिए बमोजिमको पाप प्रायश्चित्त गर्नुगराउनु पर्दछ ।
५. कालर्सप योग शान्ति गर्न के गर्नु पर्छ- कसरी यो योग निवारण गर्न सकिन्छ-
यो योग निवारण गर्न यहाँको जन्मकुण्डलीमा जुन प्रकारको कालर्सपयोग छ त्यसैको विधि गर्नु पर्छ।
यसमा मुख्य निम्न कुराहरु छुटाउन हुँदैन।
क) सुनको नागको मुर्ति बनाई प्राण प्रतिष्ठा गरी पूजा गर्ने काम
-नागमुर्तिं सुवर्णेन कृत्वा पूजां समाचरेत् ।)
ख) गाईदान, कालो तिल दान, भूमिदान, र सुन दान
ग) लघुरुद्री, पञ्चरुद्री, वा षड·ग रुद्री - नान्दी श्राद्ध अनिवार्य)
घ) नाग बलि तथा प्रतिष्ठा विधान - ज्योतिषीले भने बमोजिम वा काल र्सप शान्ति गर्ने दिनमा रुद्री शुरु गरी पिठाको नाग नागिनी बनाई गंगा किनारामा समिधाको चिता बनाई उत्तर शिर गरेर नाग नागिनी जलाई दिने। त्यस पछि शोक मनाई स्नान गरी पूरानो कपडा उही फालेर नयाँ धारण गरी घरमा आउने र पञ्चगव्य खाई आफूले बनाएका सुन चाँदी तामाका नाग नागिनीलाई गंगा जलले स्नान गर्राई पञ्चगव्य सेचन तथा गाईको दुधले स्नान गर्राई प्राण प्रतिष्ठा विधिले प्रतिष्ठा गर्नु पर्छ। ) पछि उक्त नागलाई जलमा बगाउने, नागस्थानमै छोडिदिने वा दान दिने भन्नेकुरा तपाईको कुण्डलीका आधारमा हुन्छ।
ङ) नाग र नागिनीका लागि शिरपाउ वस्त्र (-टोपी, कमिज, दौरासुरवाल, धोती, सुन), -(पछ्यौरा, ब्लाउज, साडी, ऐना काईंयो, चुरा पोते, तथा अन्य सौभाग्य सूचक सामग्रीहरु)
च) १०८ दुवो , १ किलो कालोतिल, १ माना गाईको घिऊ, कपूर, गाईको सुकेको गोवर आदि द्धारा हवन गर्नेकाम ।-(हवन गर्ने मन्त्र तपाईको कुल परम्परासुहाउँदो लिन यस केन्द्रमा सर्म्पर्क गर्नुहोला। सवैलाई सवै मन्त्र उपयुक्त नहुने भएकोले वैदिक या तान्त्रिक राहुको केतुको वा र्सपको कुन मन्त्र भन्ने ठम्याउनु पर्दछ । अन्यथा गलत मन्त्रले हवन भएमा फल उल्टो हुनेछ।
छ) मनसादेवी स्त्रोत्र पाठ
ज)महामृत्युञ्जय पाठ
६. यो पूजा गर्न कति दिन लाग्छ -
पूर्वांग, मूल पूजा र समापन गरि तीन दिन लाग्छ। हाल कलियुगका कारण एकै दिनमा गर्ने प्रचलन रहेको छ।
७.के १ पटक विधिवत् पूजा गरेपछि पूर्ण निवारण हुन्छ-
विधि पूर्वक गरिएको एउटै काम पूर्ण हुन्छ। तर यदि स्वतस्फर्ूत रुपमा नभई कर बलले र मनमा अशान्ति बोकेर अनि श्रद्धा विश्वास हीन यज्ञ हजार गरे पनि पूर्ण हुँदैन। १ पटक पूर्वजन्मको पाप प्रायश्चित्त गरे पछि यस लोकमा सुख शान्ति पाउनका लागि र धनधान्य निरोगिता आयु आरोग्य ऐर्श्वर्य पुत्र पौत्रादि प्राप्ति हुनकालागि अन्य काम्य कर्म गर्न आवश्यक रहन्छ। कालर्सप योग शान्ति नगरी गरिएका अरु कर्म निष्फल रहने हुनाले पहिला विधिपूर्वक जान्ने, वेद शास्त्र शुद्ध गरी उच्चारण गरी पढ्ने कर्मेष्ठी आचारण युक्त ब्राéणहरुद्धारा मात्र यज्ञ सम्पन्न गराउनुहोला।
८. कालर्सपयोग शान्ति गर्न केके सामान चाहिन्छ-
कालर्सपयोग शान्ति गर्न तललेखिए अनुसार सामान जुटाउनु पर्छ
सामानकोनाम मात्रा सामानकोनाम मात्रा
सामान्य पूजाकासामानहरु आवश्यक राहुको मुर्ति केतुको मुर्ति १/१ वटा
धुपबत्ती, ज्योति, सालधुप गुग्गलधुप, कपूर धुप केही सुनको नाग नागिनीका मुर्ति भनेअनुसार
हवन गर्ने समीधा राजद्धारकोमाटो चौबाटोको माटो रेणुका –(गाईका खुरको) तुलसीमठको माटो केही चन्दन अवीर केशरी फूलपत्र सेतो रातो पहेलो कपडा बेसार केही ऋतुफल नरीवल केही १ मीटर
वेलपत्र १००८ जनै सुपारी पञ्चरत्न
गाईको द्ध दही, ध्यु गोवर गहुँत केही राहु र केतुका दान सामग्री
पुरुष वस्त्र १ सेट स्त्री वस्त्र १ सेट सौभाग्य सामग्री
९. घरमा मंगल कार्य गरेको १ वर्षभत्र काल र्सपयोग शान्ति गराउनु हुँदैन। अनिष्ट गर्छ।
१०. कुन मुहुर्तमा गर्ने त? कालर्सपयोग शान्ति गर्ने मुहुर्त धेरै पाइन्छन। तर सवभन्दा उत्तम नाग पञ्चमी , श्रीपञ्चमी र ग्रहणलाग्ने दिनमा हुन्छ। अश्लेषा नक्षत्रयुक्त बुधबारे औंसीमा पनि यसको शान्ति गर्न सकिन्छ।
जाप पाठ हवन तर्पण मार्जन गरेर मात्र सा·ता सिद्धि हुने हुनाले यी पाँच कुरा ग्रह शान्तिमा छुटाउनु हुँदैन।
No comments:
Post a Comment