Feb 11, 2014

गुरु रत्न पुष्पराज YELLOW SHAPPIRE

गुरु रत्न पुष्पराज YELLOW SHAPPIRE 

कुण्डलीमा बृहस्पति जनित दोष निवारण गर्नका लागि पुत्रसन्तानप्राप्ति, कुलदोषनिवारण, निरोगिता, बल बुद्धि, आयु स्वास्थ्य, शुभकर्मारम्भ,  दर्शनको ज्ञान,  न्याय कानून, धर्म, व्याकरण आयुर्वेद, HOMEOPATHY AND ALLOPATHY जस्ता विषयमा पर्ढाई,   तथा जण्डिस, पाण्डु, खाँसी, दन्तरोग, बवासीर, मन्दाग्नि, पित्तज्वर,  प्रतेवाधा VIRAL INFECTION, मा लाभ लिनका लागि यो रत्न १, ४, ८, ९ , १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन 
ख) यो रत्न बिहीवार तथा तिष्य नक्षत्रको मुहर्ुतमा  दायाँहातको चोरी औलामा  लगाउनर्ुपर्छ। वा शुक्लपक्षको बिहीबार

ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, गोमेद, पन्ना
घ) यसका साथमा लगाउन सकिने

कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

बुध रत्न पन्ना EMERALD

बुध रत्न पन्ना EMERALD


कुण्डलीमा बुध जनित दोष निवारण गर्नका लागि र स्मरणशक्ति, विद्या बुद्धि, धन व्यापारमा लाभ , बैंकिङ, वैद्यक, गणित, विज्ञान कानून जस्ता विषयमा पर्ढाई,   तथा जादु टुना पत्थर, बहुमुत्रसमस्या, नेत्रपीडा, दम, गुदारोग, पाण्डु, मानसिक विकारमा लाभ लिनका लागि यो रत्न १, २, ३, ५, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन , पञ्चरत्न
ख) यो रत्न बुधवार तथा उफा, अश्ले , ज्येष्ठा रेवती नक्षत्रको मुहर्ुतमा  दायाँहातको माझी औलामा  लगाउनुर्पर्छ। वा शुक्लपक्षको बुधवार
ग) यसका साथमालगाउन नहुने रत्न
मुगा, मोति मुनस्टोन, रुवी
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

चन्द्र रत्न मोति PEARL

चन्द्र रत्न मोति PEARL 


कुण्डलीमा चन्द्र जनित दोष निवारण गर्नका लागि र मातृसुख, रसायन, औषधी, मनोविज्ञान, लबखथ जलियकार्य, वनस्पति,शास्त्र अध्ययन र भाग्योन्नति, मानसिक शक्तिको विकास शारीरिक सौर्न्दर्य स्त्री एवं धनलाभ कफ विकार चिसो न्युमोनिया जोर्नि दुख्ने मनमा चञ्चललतामा लाभ लिनका लागि यो रत्न १, २, ३, ४, ६, ७, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन चाँदी 

ख) यो रत्न सोमवार तथा तिष्य, रोहिणी, हस्ता, श्रवण नक्षत्रको मुहुर्तमा  दायाँहातको माझी औलामा  लगाउनुपर्छ। वा शुक्लपक्षको भौमवार

ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, गोमेद
घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

माणिक RUBY

माणिक RUBY 

कुण्डलीमा सूर्यजनित दोष निवारण गर्नका लागि र भाग्योन्नति, विज्ञान कानुन , वेद संगीत, राजनीति आदिको पर्ढाई पूरा गर्न, राजकीय सम्मान, सरकारी जागिर, सम्मान, पुत्र सन्तान लाभ, बल बुद्धि वृद्धि तथा रक्तविकार, हृदयरोग नेत्ररोग, शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७,८ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार  लगाउनु पर्छ।
क) धातु सुन चाँदी

ख) यो रत्न आईतबार तथा तिष्य कृत्तिका उत्तरषाढा।

उफा नक्षत्रको मुहुर्तमा  दायाँहातको  साहिंली औलामा  लगाउनुपर्छ।
वा शुक्लपक्षको आइतवार लगाउनुपर्छ।

ग) यसका साथमालगाउन नहुने रत्न

हीरा, नीलम, पन्ना
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM


भौम रत्न मुगा CORAL

भौम रत्न मुगा CORAL 

कुण्डलीमा मंगल जनित दोष निवारण गर्नका लागि र भूमि सन्तान, भ्रातृसुख, निरोगितापाउन, तथा सैन्य क्षेत्रमा जागिर, भूमि विद्युत भूगोल इन्जिनियरिङ विषयमा पर्ढाई,   तथा रक्तविकार, पित्तरोग शिररोग,  प्रतेवाधा   मन्दाग्नि, वायु कफ पेट विकार र शारीरिक दुर्वलतामा लाभ लिनका लागि यो रत्न १,४,५, ७, ८, १०,११, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार  लगाउनु पर्छ।
क) धातु सुन चाँदी 
ख) यो रत्न मंगलवार तथा मृ. ध. चि. वि. नक्षत्रको मुहर्ुतमा  दायाँहातको माझी औलामा  लगाउनर्ुपर्छ। वा शुक्लपक्षको भौमवार
ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, पन्ना
घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला 
HARI AOUM

Jan 16, 2014

कालसर्प योगका बारेमा

http://jyotishlaxman.blogspot.com/p/blog-page_16.html
।। ॐ।। ।।गुरूर्ब्रह्रमा गुर्रूर्विष्णुः गुर्रूर्देवो महेश्वरः।। गुरूः साक्षात् परंर्ब्रह्रमा तस्मै श्री गुरवेः नमः।। ।।श्री हंस।। ।।श्रीमन्मङ्गलमुर्तये नमः।।
। ॐ श्री गणेशाय नमः। ॐ श्री परमात्मने नमः।  ॐ श्री सद्गुरवे नमः। ॐ श्री सरस्वत्यै नमः। श्रीनवग्रहेभ्यो नमः।
ज्योतिष विज्ञान परामर्श केन्द्र , डिमुवा पर्वत
कम्प्युटर ज्योतिष सेवा
ज्योतिष पंशास्त्री लक्ष्मण गौतम ९८४७६३६२६०
काल र्सप योग के हो-
अग्रेराहु पृष्ठे केतु अन्तरश्च नवग्रहाः।। काल र्सपभवेद्योगो वंशनाशो भवेद्ध्रुवम्।।
कुनै जातकको कुण्डलीमा राहु र केतुका वीचमा अन्य ७-(अरुण वरुण सहितग्रहहरु परेर बसेको अवस्थालाई काल र्सपयोग भनिन्छ। यो वंशमा हानि पुर्याउने खालको हुन्छ। प्राचीन वेदांग ज्योतिषमा यसको खास महत्वपुर्वक चर्चा भएको पाईंदैन। तथापि कालान्तरमा प्रयोगकर्ता र अनुसन्धाता ज्योतिषहरुको विश्लेषणले यसले ठूलो चर्चा पाएको छ। र यसैका आधारमा गरिएका फलादेशहरु सत्य सावित हुँदै आएका छन् ।
यो कति प्रकारको हुन्छ-
यो मुख्य  उदित (दृश्यर अनुदितगरि २ प्रकारको मानिन्छ। तर प्रत्येकका १२ / १२ गरी २४ प्रकार तथा तिनका उपप्रकार गरी २८८ र राहु केतु  र अन्य को योगले अरु धेरै प्रकारका पाइन्छन।
.यसको नकारात्मक प्रभाव जीवनमा के के पर्छ?
यसका नकारात्मक फल मुख्यगरी निम्न  प्रकारका  हुन्छन् ।
सन्तानमा अवरोधकारक
सोचे अनुरुप पति-पत्नी प्राप्त नहुनु । वैवाहिक सम्वन्धमा खटपट र स्थायित्व नहुनु ।
कठोर परिश्रम पुर्वक धनार्जन तथा व्यहारिक कर नपाईनु।
शारीरिक हीनता र मानसिक दुर्वलताका कारण निराशाभाव आउनु
झमेला झगडा मुद्धामामिला र परेशानी मात्र आई लाग्नु।
के कालर्सप योगको सकरात्मक प्रभाव छैन-
हो कालर्सपयोगले प्राय नकारात्मक फल नै दिन्छ तथापि कुण्डलीमा विपरीत कालर्सपयोग भएमाकुलदेवता प्रसन्न भएमा र नागदेवता प्रसन्न भएमा कालर्सप योगको नकारात्मक प्रभाव पर्दैन। अत्यन्तै धन र वैभवको सुख मिल्छ। त्यसका लागि तोकिए बमोजिमको पाप प्रायश्चित्त गर्नुगराउनु पर्दछ ।
कालर्सप योग शान्ति गर्न के गर्नु पर्छकसरी यो योग निवारण गर्न सकिन्छ-
यो योग निवारण गर्न यहाँको जन्मकुण्डलीमा जुन प्रकारको कालर्सपयोग छ त्यसैको विधि गर्नु पर्छ।
यसमा मुख्य निम्न कुराहरु छुटाउन हुँदैन।
सुनको नागको मुर्ति बनाई प्राण प्रतिष्ठा गरी पूजा गर्ने काम
-नागमुर्तिं सुवर्णेन कृत्वा पूजां समाचरेत् ।)
गाईदानकालो तिल दानभूमिदानर सुन दान
लघुरुद्रीपञ्चरुद्रीवा षड·ग रुद्री - नान्दी श्राद्ध अनिवार्य)
नाग बलि तथा प्रतिष्ठा विधान - ज्योतिषीले भने बमोजिम वा काल र्सप शान्ति गर्ने दिनमा रुद्री शुरु गरी पिठाको नाग नागिनी बनाई गंगा किनारामा समिधाको चिता बनाई उत्तर शिर गरेर नाग नागिनी जलाई दिने। त्यस पछि शोक मनाई स्नान गरी पूरानो कपडा उही फालेर नयाँ धारण गरी घरमा आउने र पञ्चगव्य खाई आफूले बनाएका सुन चाँदी तामाका नाग नागिनीलाई गंगा जलले स्नान गर्राई पञ्चगव्य सेचन तथा गाईको दुधले स्नान गर्राई प्राण प्रतिष्ठा विधिले प्रतिष्ठा गर्नु पर्छ। ) पछि उक्त नागलाई जलमा बगाउनेनागस्थानमै छोडिदिने वा दान दिने भन्नेकुरा तपाईको कुण्डलीका आधारमा हुन्छ।
नाग र नागिनीका लागि शिरपाउ वस्त्र (-टोपीकमिजदौरासुरवालधोतीसुन), -(पछ्यौराब्लाउजसाडीऐना काईंयोचुरा पोतेतथा अन्य सौभाग्य सूचक सामग्रीहरु)
१०८ दुवो , १ किलो कालोतिल१ माना गाईको घिऊकपूर,  गाईको सुकेको गोवर आदि द्धारा हवन गर्नेकाम ।-(हवन गर्ने मन्त्र तपाईको कुल परम्परासुहाउँदो लिन यस केन्द्रमा सर्म्पर्क गर्नुहोला। सवैलाई सवै मन्त्र उपयुक्त नहुने भएकोले वैदिक या तान्त्रिक राहुको केतुको वा र्सपको कुन मन्त्र भन्ने ठम्याउनु पर्दछ । अन्यथा गलत मन्त्रले हवन भएमा फल उल्टो हुनेछ।
मनसादेवी स्त्रोत्र पाठ
)महामृत्युञ्जय पाठ
यो पूजा गर्न कति दिन लाग्छ -
 पूर्वांगमूल पूजा र समापन गरि तीन दिन लाग्छ। हाल कलियुगका कारण एकै दिनमा गर्ने प्रचलन रहेको छ।
.के १ पटक विधिवत् पूजा गरेपछि पूर्ण निवारण हुन्छ-
 विधि पूर्वक गरिएको एउटै काम पूर्ण हुन्छ। तर यदि स्वतस्फर्ूत रुपमा नभई कर बलले र मनमा अशान्ति बोकेर अनि श्रद्धा विश्वास हीन यज्ञ हजार गरे पनि पूर्ण हुँदैन। १ पटक पूर्वजन्मको पाप प्रायश्चित्त गरे पछि यस लोकमा सुख शान्ति पाउनका लागि र धनधान्य निरोगिता आयु आरोग्य ऐर्श्वर्य पुत्र पौत्रादि प्राप्ति हुनकालागि अन्य काम्य कर्म गर्न आवश्यक रहन्छ। कालर्सप योग शान्ति नगरी गरिएका अरु कर्म निष्फल रहने हुनाले पहिला विधिपूर्वक जान्नेवेद शास्त्र शुद्ध गरी उच्चारण गरी पढ्ने कर्मेष्ठी आचारण युक्त ब्राéणहरुद्धारा मात्र यज्ञ सम्पन्न गराउनुहोला।
कालर्सपयोग शान्ति गर्न केके सामान चाहिन्छ-
कालर्सपयोग शान्ति गर्न तललेखिए अनुसार सामान जुटाउनु पर्छ
सामानकोनाम     मात्रा सामानकोनाम     मात्रा
सामान्य पूजाकासामानहरु आवश्यक   राहुको मुर्ति केतुको मुर्ति /१ वटा 
धुपबत्तीज्योतिसालधुप गुग्गलधुपकपूर धुप    केही  सुनको नाग नागिनीका मुर्ति    भनेअनुसार    
हवन गर्ने समीधा  राजद्धारकोमाटो चौबाटोको माटो रेणुका (गाईका खुरकोतुलसीमठको माटो     केही  चन्दन अवीर केशरी फूलपत्र सेतो रातो पहेलो कपडा बेसार केही ऋतुफल नरीवल     केही  १ मीटर  
वेलपत्र     १००८    जनै सुपारी पञ्चरत्न     
गाईको द्ध दहीध्यु गोवर गहुँत     केही  राहु र केतुका दान सामग्री        
पुरुष वस्त्र १ सेट स्त्री वस्त्र १ सेट       सौभाग्य सामग्री       
घरमा मंगल कार्य गरेको १ वर्षभत्र काल र्सपयोग शान्ति गराउनु हुँदैन। अनिष्ट गर्छ।
१०कुन मुहुर्तमा गर्ने त? कालर्सपयोग शान्ति गर्ने मुहुर्त धेरै पाइन्छन। तर सवभन्दा उत्तम नाग पञ्चमी , श्रीपञ्चमी र ग्रहणलाग्ने दिनमा हुन्छ। अश्लेषा नक्षत्रयुक्त बुधबारे औंसीमा पनि यसको शान्ति गर्न सकिन्छ।

जाप पाठ हवन तर्पण मार्जन गरेर मात्र सा·ता सिद्धि हुने हुनाले यी पाँच कुरा ग्रह शान्तिमा छुटाउनु हुँदैन।

वैदिक ज्योतिष परिचय

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सु़क्ष्म गणितीय
सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोगशालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्। ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो। राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। एकमा मेष र एवम् क्रमले बाह्रमा मीन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – जस्तै मेष-मङ्गल वृष-शुक्र मिथुन-बुध कर्कट-चन्द्र सिंह-सूर्य कन्या-बुध तुला-शुक्र वृश्चिक-मङ्गल धनु-वृहस्पति मकर-शनी कुम्भ-शनी मीन-वृहस्पति। राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्। मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै। कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ। पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू।(ज्योतिषी भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरि सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कलन लगाईकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो। यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाइ ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन। ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ

Jan 5, 2014


अबकहडा चक्र तपाइको नाम बाट राशि तथा िविविध जानाकारी थाहा पाउने



Dec 11, 2013

सेवा सम्बन्धी जानाकारी

हामीकहाँ 
  • जन्म समय (साल,महिना,गते बजे बार जन्मस्थान) का अाधारमा सन्सारको जुनसुकैस्थानमा जन्मेका व्यक्तिको िचिना िनिमार्ण गर्ने।
  • तिनीहरूको जीवनफल ४ भाषामा (संस्कृत, नेपाली, िहिन्दी, अंग्रेजी) लेखन तथा भविष्यवाणी गर्ने।
  • ग्रहदशाफल, राशिफल, योगिनीदशाफल बताउने।
  • घरको वास्तु विचार ।
  • विवाह जुराउने।
  • पढाइ नोकरी, विदेशयात्रा, बसाइसराइ लगायतका विविध कुराहरूमा ज्योतिषीय सल्लाह ।
  • ग्रहको अैंाठी लगाउने विचार ।
  • मुहुर्त तथा दिन हेराउने विचार।
सम्पर्कः +977-9847636260, https://www.facebook.com/laxman.gautam1, laxmangautam79@yahoo.com, laxmangautam79@gmail.com, skype id(laxgtm)