Feb 25, 2014
हिन्दु धर्म र ज्योतिषशास्त्र
ज्योतिषशास्त्रमा महत्वपूर्ण पाँचवटा अंग हुन्छन्, ती निम्न हुन् :-तिथि, बार, नक्षत्र, योग र करण । विस्तृत वर्णन यसप्रकार गरिएको छ ।
तिथि:
तिथिहरु दुई प्रकारकाछन् :- शुक्लपक्ष र कृष्णपक्ष, हरेक पक्षमा १५ वटा तिथिहरु हुन्छन् ।
१. परेवा
२. द्वितीया
३. तृतीया
४. चतुर्थी
५. पंचमी
६. षष्टी
७. सप्तमी
८. अष्टमी
९. नवमी
१०. दशमी
११. एकादसी
१२. द्वादसी
१३. त्रयोदसी
१४. चतुर्दसी
१५. पूर्णिमा ।
कृष्णपक्षमा पनि यस्तै चौधवटा तिथिहरु हुन्छन् र पन्धौं तिथिलाई औँसी भनिन्छ र रोलक्रममा औँसीलाई ३० लेखिन्छ ।
वार:
वारहरु सातवटा छन्
१. आइतवार
२. सोमवार
३. मंगलवार
४. बुधवार
५. बिहिवार
६. शुक्रवार
७. शनिवार
यी वारहरु ग्रहका प्रतीक हुन् । क्रमशः सूर्य, चन्द्रमा, मंगल (भौम), बुध, बृहस्पति, शुक्र र शनिश्चर हुन् ।
नक्षत्र:
नक्षत्रहरु खासगरेर सत्ताइसवटा प्रचलित छन् ।
१. अश्विनी (चु चे चो ला)
२. भरणी (ली लु ले लो)
३. कॄत्तिका (अ इ उ ए)
४. रोहिणी (व बा बि बु)
५. मृगशिरा (बे बो का कि)
६. आरद्रा (कु घ ङ छ)
७. पुनर्वसु (के को ह ही)
८. तिष्य (हु हे हो डा)
९. अश्लेषा (डि डु डे डो)
१०. मघा (मा मि मु मे)
११. पुर्वाफाल्गुनी (मो टा टि टु)
१२. उत्तराफाल्गुनी (टे टो प पी)
१३. हस्ता (पु ष ण ठ)
१४. चित्रा (पे पो र री)
१५. स्वाती (रु रे रो ता)
१६. विशाखा (ति तु ते तो)
१७. अनुराधा (ना नि नु ने)
१८. जेष्ठा (नो या य यु)
१९. मूल (य यो भ भि)
२०. पुर्वाषाढा (भु धा फा ढा)
२१. उत्तराषाढा (भे भो जा जि)
२२. श्रवण (खि खु खे खो)
२३. धनेष्ठा (गा गि गु गे)
२४. शतविशा (गो सा सि सु)
२५. पुर्वाभाद्र (से सो द दि)
२६. उत्तराभाद्र (दु थ झ ञ)
२७. रेबती (दे दो च चि)
योग
१. विक्ष्कुम्भ
२. प्रीति
३. आयुस्मान
४. सौभाग्य
५. शोभन
६. अतिगण्ड
७. सुन्दर
८. ध्रिति
९. शूल
१०. गण्ड
११. वृषभ
१२. ध्रुव
१३ व्याघ्र
१४. हर्षण
१५. वणिज
१६. सिद्धि
१७. व्यय
१८. बज्र
१९. परिघान
२०. शिव
२१. सिद्ध
२२. साधन
२३. शुभ
२४. शुक्ल
२५. ब्रह्म
२६. ऐंन्द्र
२७. वैश्य
करण
१. वव
२. बालव
३. तैतिल
४. कौलव
५. बणिज
६. गर
७. भद्रा
८. चतुष्पद ।
राशी (राश)
ज्योतिषशास्त्रमा राशीको प्रमुख खेल भएको पाइन्छ । प्रत्येक प्राणिहरुको कृयाकलाप नामको आधारमा वताइएको हुन्छ । कुन नामबाट कुन राशी हुन्छ भन्ने जानकारी पाँउन होडा चक्रको ज्ञान हुनु अति आवश्यक हुन्छ । राशी को जानकारी लिन निम्न कुराहरुको अध्ययन गर्नु पर्दछ ।
१. मेष: मेष राशीमा अश्विनी, भरणी र कृत्तिका नक्षत्रको एकपाउ (चु चे चो ला लि लु ले लो अ) यी नौ वटा अक्षरबाट नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मेष राशीमा पर्दछन् । मेष राशीको स्वामी मंगल (भौम) ग्रह हो ।
२. बृषः बृष राशीमा कृत्तिकाको बाँकि तीन पाउ रोहिणी, मृगशिराको दुई पाउ (इ उ ए व बा बि बु बे बो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बृष राशीमा पर्दछन् । बृष राशीको स्वामी शुक्र ग्रह हो ।
३. मिथुन: मिथुन राशीमा बाँकि मृगशिराको दुई पाउ आरद्रा, पुनर्वसुको तीन पाउ (का कि कु घ ङ छ के को ह) यी नौ वटा उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मिथुन राशीमा पर्दछन् । मिथुन राशको स्वामी बुध ग्रह हो ।
४. कर्कट: कर्कट राशीमा पुनर्वसुको बाँकि एक पाउ तिष्य, अश्लेषा सवै (ही हु हे हो डा डि डु डे डो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कर्कट राशीमा पर्दछन् । कर्कट राशीका स्वामी चन्द्रमा हुन् ।
५. सिंह: सिंह राशीमा मघा, पुर्वाफाल्गुनी, उत्तराफाल्गुनीको एक पाउ (मा मि मु मे मो टा टि टु टे) नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै सिंह राशीमा पर्दछन् । सिंह राशीका स्वामी सुर्य ग्रह हुन् ।
६. कन्या: कन्या राशीमा उत्तराफाल्गुनीको बाँकि तीन पाउ हस्ता, चित्रा नक्षत्रको दुई पाउ (टो प पि पु ष ण ठ पे पो) यी नौ वटाको नाम उच्चारण हुने ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु सवै एकै कन्या राशी भित्र पर्दछन् । बुध ग्रह कन्न्या राशीका स्वामी हुन् ।
७. तुला: तुला राशीमा चित्रा नक्षत्रका बाँकि दुई पाउ स्वाती, विशाखाको तीन पाउ (र रि रु रे रो ता ति तु ते) नौ वटाको नाम उच्चारण हुने ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै तुला राशीमा पर्दछन् । तुला राशीका स्वामी शुक्र ग्रह हुन् ।
८. बिच्छा: बिच्छा राशीमा बाँकि बिशाखाको एक पाउ अनुराधा, जेष्ठा (तो ना नि नु ने नो या य यु ) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बिच्छा राशी भित्र पर्दछन् । बिच्छा राशीका स्वामी मंगल (भौम) ग्रह हुन् ।
९. धन: धन राशीमा मूल, पुर्वाषाढा, उत्तराषाढाको एक पाउ (य यो भ भि भु धा फा ढा भे) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै धन राशीमा पर्दछन् । धन राशीका स्वामी बृहस्पति ग्रह हुन् ।
१०. मकर: मकर राशीमा उत्तराषाढाको बाँकि तीन पाउँ श्रवण, धनेष्ठाको दुई पाउ (भो जा जि खि खु खे खो गा गि) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मकर राशीमा पर्दछन् । मकर राशीको स्वामी शनिश्चर ग्रह हो ।
११. कुम्भ: कुम्भ राशीमा बाँकि धनेष्ठा नक्षत्रका दुई पाउ शतविशा, पुर्वाभाद्रका तीन पाउ (गु गे गो सा सि सु से सो द) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कुम्भ राशी भित्र पर्दछन् । कुम्भ राशीका स्वामी पनि शनि ग्रह नै हो ।
१२. मीन: मीन राशीमा पुर्वाभाद्र नक्षत्रको बाँकि एक पाउ उत्तराभाद्र र रेवती (दि दु थ झ ञ दे दो च चि) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मीन राशीमा पर्दछन् । मीन राशीका स्वामी बृहष्पति ग्रह हुन् ।
उपर्युक्त २७ नक्षत्रहरु चन्द्रमाका पत्नीहरु हुन् । चान्द्रमासको गणना गर्दा एक महिनामा २९ दिन १२ घण्टाको समय मात्र हुन्छ । त्यस्तै ३५४ दिनको एक वर्ष हुन्छ । सौर्यवर्ष र चान्द्रवर्षमा फरक आउने दिनहरुको समय मिलाउन दुई वर्ष छ महिना वितेपछि एउटा चान्द्रमास थपिन्छ । थपिएको महिनालाई मलमास वा पुरुषोत्तम महिना भनिन्छ । यो अधिक (बढेको) महिनामा चाडपर्वहरु कुनै पनि पर्दैनन् । १२ वटा राशमा सूर्य क्रमशः सर्दैजाने हुँदा सूर्य एक राशबाट अर्को राशमा सर्नुलाई संक्रमण भनिन्छ र त्यसै दिनलाई संक्रान्ती पनि भनिन्छ । मेष राशमा सूर्य सर्दा बैशाख संक्रान्ती वा नववर्ष दिवस मानिन्छ । त्यस्तै बृषमा सूर्य सर्दा जेठको संक्रन्ती, मिथुनमा सूर्य सर्दा असार संक्रान्ती, कर्कटमा सूर्य सर्दा साउने संक्रान्ती, सिंहमा सूर्य सर्दा भाद्र संक्रान्ती, कन्यामा सूर्य सर्दा असौज संक्रान्ती, तुलामा सूर्य सर्दा कार्तिक संक्रान्ती, विच्छामा सूर्य सर्दा पौषे संक्रान्ती, मकरमा सूर्य सर्दा माघे संक्रान्ती, कुम्भमा सूर्य सर्दा फागुन संक्रान्ती, तथा मीनमा सूर्य सर्दा चैते संक्रान्ती मानिन्छ । सनातन धर्म अन्तरगत मनाइने वार्षिक पर्वहरु चान्द्रमास (तिथि) अनुसार मनाइने हुँदा प्रत्येक चाडपर्वहरु प्रत्येक वर्षको फरक फरक गतेमा पर्दछन् । संक्रान्ती पर्व बाहेक सौर्यमासमा कुनैपनि जन्मोत्सव जस्ता पर्वहरु पर्दैनन् । पाश्चात्य मुलुकको सिको गरेर जन्मोत्सव आदि दिवसहरु विस्तार विस्तार सौर्यमासको गतेमा पर्व मान्ने चलन आएको छ । यस प्रकारको चलनलाई हिन्दु संस्कारमा सकारात्मक सुधार आएको मान्नु पर्दछ ।
Feb 11, 2014
तपाईं कुन बेला जन्मनु भो हेर्नुहोस् आफ्नो भाग्य-स्वभाव
तपाईं कुन बेला जन्मनु भो हेर्नुहोस् आफ्नो भाग्य-स्वभाव
ज्योतिषशास्त्रमा मानिस वा कुनै घटनाको सम्बन्धमा फलादेश गर्दा विभिन्न कुराहरूलाई आधार मानेर गर्ने गरिन्छ । यसमध्ये यहाँ एक दिनको समय अर्थात् २४ घण्टाभित्र जन्म भएको मानिसहरूको फलादेश गर्दा समय विभाजनको आधारमा मानिसको स्वभाव, भाग्य, पेसा, व्य...वसाय, आयु र पारिवारिक अवस्था आदिको सम्बन्धमा केही उल्लेख गरिन्छ ।
बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म भएका मानिसहरूको स्वभाव सामान्यतया रिसाहा हुन्छन् तर साहसी र स्वाभिमानी पनि हुन्छन् । यस्ता मानिसको लग्नमा शुभग्रहको दृष्टिपरेमा सकारात्मक फलहरू प्राप्त हुन्छन् र यस्ता मानिस बुद्धिमान पनि हुन्छन् ।
बिहान ८-१० बजे, यस समय अवधिभित्र जन्म भएका मानिसहरू प्रायः अल्छी स्वभावका हुन्छन् र बिना सोच, विचार बढी खर्च गर्ने हुन्छन् । यस्ता मानिसहरू प्रायः जन्मस्थल छोडेर, केही पर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्दछन् ।
बिहान १०-१२ बजे , यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः चञ्चल स्वभावका हुन्छन् र त्यस्ता मानिसहरूले गीत, संगीत मन पराउँछन् । त्यस्ता मानिसहरू बुद्धिमान् र उच्च ओहोदामा सम्मानित हुन्छन् र प्रशस्त सम्पत्ति कमाउने एवं आफ्नै पौरखमा बाँच्न चाहन्छन् ।
दिन १२-२ बजे, यस समय अवधिमा जन्म भएका मानसहरू प्रायः स्वाभिमानी, बुद्धिमानी एवं सफल व्यवसायी हुन्छन् र त्यस्ता व्यक्तिहरूको ३० वर्षो उमेरपछि भाग्योदय हुनेछ ।
दिन २-४ बजे,यस समय अवधिमा जन्म भएका मानिसहरू दर्ीघायु हुन्छन् । सत्यावादी र इमानदार भए तापनि त्यस्ता मानिसहरूलाई आफन्तहरूबाट निकै दुःख पाउने हुन्छन् ।
दिन ४-६ बजे, यो समय अवधिमा जन्म भएका मानिसहरू कुरा गर्न सिपालु र कामवासनामा बढी आशक्त हुन्छन् । यस्ता मानिसको भाग्योदय २५ वर्षउमेरपछि मात्र हुनेछ ।
साँझ ६-८ बजे, यस अवधिमा जन्म भएकाहरू दुब्ला,पातला र मध्यम कदका हुन्छन् । अरुको रिस गर्ने स्वभावले गर्दा यस्ता मानिसले कहिलेकाहीँ बेइज्जती पनि कमाउनुपर्ने हुन्छ । यस्ता मानिसको भाग्योदय वैदेशिक, साझेदारी व्यवसायमा सफल हुने देखिन्छ ।
रात्रि ८-१० बजे, यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः धनी, सुखी, विद्वान् एवं विख्यात हुन्छन् । अनि स्वाभिमानी पनि हुन्छन् । पारिवारिक एवं गृहस्थ जीवन, पेसा, व्यवसाय र नोकरीमा सफल र लाभदायक हुन्छ ।
रात्रि १०-१२ बजे, यस समय अवधिका मानिसहरू बुद्धिमानी हुने भएकाले सबै कार्यक्षेत्रमा सफल हुन्छन् । यस्ता मानिसहरूले बाल्यकालमा दुःख पाए पनि युवावस्थाभन्दा पछि सुखी, सफल र सम्पन्न हुन्छन् ।
रात्रि १२-२ बजे, यस समय अवधिका मानिसहरू झट्ट हेर्दा राम्रा, सुन्दर देखिन्छन् । यस्ता व्यक्तिहरूले बाबुको माया र पैतृक सम्पत्ति प्रायः कम मात्रामा पाउँछन् वा पाउँदैन । यस्ता व्यक्तिको भाग्योदय प्रायः २२-३२ वर्षो उमेरमा घर छोडेर गएपछि मात्र प्राप्त हुनेछ । आफ्नो उज्ज्वल भविष्य आफैँ निर्माण गर्छन् ।
बिहान २-४ बजे, यस अवधिमा जन्मेकाहरू साहसी, पराक्रमी, तेजस्वी र मिठासपूर्णबोली भएका हुन्छन् र यस्ता व्यक्ति प्रायः परोपकारी, समाजसेवी, मित्रसेवी, कुलसेवी र उद्यमी हुन्छन् । यस्ता व्यक्तिको भाग्योदय २०-२५ वर्षो उमेरमा हुनेछ ।
बिहान ४-६ बजे, यस समय अवधिमा जन्म भएका मानिसहरू प्रायः रिसाहा, क्रोधी, दुब्ला, पातला हुन्छन् । तर, सबै शत्रुहरूलाई आफ्नो बोलीको प्रभावले आफ्नो बसमा पारेर आफ्नो राम्रो काममा प्रयोग गर्न र कार्य सफल गराउन सक्षम हुन्छन् ।
ज्योतिष विद्यामा शास्त्रमा सम्वत्सर, ऋतु, अयन, मास, बार, तथि, नक्षेत्रअनुसार जन्म फलादेश गर्न सकिन्छ । त्यस्तै माथि उल्लेखित विधिमा एक दिनको समय विभाजनको आधारमा समष्टिगत फलादेश गरिएको हो ।
Labels:
अनुसन्धानडाटा,
ज्योतिष ज्ञान,
दशाफल,
संकलन
केतु रत्न वैदुर्यमणि वा लहसुनिया CAT'S EYE
केतु रत्न वैदुर्यमणि वा लहसुनिया CAT'S EYE

कुण्डलीमा केतु जनित दोष निवारण गर्नका लागि र सन्तान, निरोगितापाउन, तथा तथा रक्तविकार, पित्तरोग शिररोग, प्रतेवाधा खष्चब viral infection, मन्दाग्नि, वायु कफ पेट विकार र शारीरिक दुर्वलतामा प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी तथा यान्त्रिक विद्यामा सफलता, भौतिकदर्शनको ज्ञान, जस्ता विषयमा पर्ढाई, तथा नशा तथा छालारोग, ढाडदुख्ने, मानसिक रोग, जागिर व्यवसायमा अस्थिरता, र्सप विच्छी जस्ता विषालु सरिसृपवाट सुरक्षा, प्रेतवाधा, दुस्वप्नबाट मुक्ति पाई भौतिक सम्पन्न्ता पाउन र कालर्सप दोष, र्सपदोष, पुत्रदोष, कलत्रदोष बाट छुटकारा पाउन र पुर्व जन्मार्जित पापबाट मुक्ति पाउनका लागि तथा मोक्ष प्राप्ति का लागि यो रत्न ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन चाँदी
ख) यो रत्न मंगलवार तथा मृ. ध. चि. वि. नक्षत्रको मुहर्ुतमा दायाँहातको माझी औलामा लगाउनर्पर्छ।
वा शुक्लपक्षको भौमवार
ग) यसका साथमालगाउन नहुने रत्न हीरा, नीलम, पन्ना
घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
राहु रत्न गोमेद HASSONITE
राहु रत्न गोमेद HASSONITE
कुण्डलीमा राहुजनित दोष निवारण गर्नका लागि धनधान्य, कुटनीतिक चातुर्य, नोकरी व्यवसाय, प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी तथा यान्त्रिक विद्यामा सफलता भौतिकदर्शनको ज्ञान, जस्ता विषयमा पर्ढाई, तथा नशा तथा छालारोग, ढाडदुख्ने, मानसिक रोग, विषादिकरण जागिर व्यवसायमा अस्थिरता, र्सप विच्छी जस्ता विषालु सरिसृपवाट सुरक्षा, प्रेतवाधा, दुस्वप्न बाट मुक्ति पाई भौतिक सम्पन्न्ता पाउन र कालर्सप दोष, र्सपदोष, पुत्रदोष, कलत्रदोष बाट छुटकारा पाउन र पुर्व जन्मार्जित पापबाट मुक्ति पाउनका लागि यो रत्न ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु चाँदी र पञ्चरत्न
खं) यो रत्न .... मुहुर्तमा दायाँहातको ... औलामा लगाउनुर्पर्छ।
ग) यसका साथमालगाउन नहुने रत्न रातोमुगा रुवी र पुष्पराज
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
शनि रत्न नीलम BLUE SAPPIRE
शनि रत्न नीलम BLUE SAPPIRE
कुण्डलीमा शनिजनित दोष निवारण गर्नका लागि धन धान्य, यश, कीर्ति बुद्धि, चातुर्य, नोकरी व्यवसाय, वंशवृद्धि, स्वास्थ्यसुख, प्रदेशको यात्रामा लाभ, अंग्रेजी, मेशीनरी विद्यामा सफलता भौतिकदर्शनको ज्ञान, साम्यवादी राजनीतिमा सफलता, allopathy, surgical study जस्ता विषयमा पर्ढाई, तथा दम, छालारोग, हृदयरोग, अजीर्ण, मूत्राशयरोग ग्याष्ट्रिक जस्ता रोगमा लाभ लिनका लागि यो रत्न ज्योतिषको सल्लाह अनुसार लगाउने ।
क) धातु चाँदी र पञ्चरत्न
खं) यो रत्न शनिवार तथा उषा. श्र. ध. पूभा. चि. वि. नक्षत्रको मुहुर्तमा दायाँहातको माझी औलामा लगाउनुर्पर्छ। वा शुक्लपक्षको शनिवार
ग) यसका साथमालगाउन नहुने रत्न
रातोमुगा रुवी र मोति
घ) यसका साथमा लगाउन सकिने ७ र १४ मुखे रुद्राक्ष घोडाकोटाप
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
शुक्र रत्न हीरा DIAMOND
शुक्र रत्न हीरा DIAMOND
कुण्डलीमा शुक्रजनित दोष निवारण गर्नका लागि स्त्री, धन, वंशवृद्धि, सन्तानप्राप्ति, बशीकरण, नरोगिता, सृजनात्मकता, आयु स्वास्थ्य, शुभकर्मारम्भ, संगीत,काव्य, व्याख्यान शक्ति, समाजशास्त्र, सौर्न्दर्यशास्त्र modeling, medical subjects जस्ता विषयमा पर्ढाई, तथा नपुंसकता, दुर्बलता, वायु प्रकोप, मन्दाग्नि, वीर्यविकार, प्रमेह, श्वेतप्रदर, हृदयरोग मानसिक कमजोरीमा लाभ लिनका लागि यो रत्न २, ३, ६, ७, १०, ११ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन वा पञ्चरत्नमा
ख) यो रत्न शुक्रवार तथा भरणी, पूफा, उफा नक्षत्रको मुहर्ुतमा दायाँहातको कान्छी औलामा लगाउनुर्पर्छ। वा शुक्लपक्षको श्क्रवार
ग) यसका साथमालगाउन नहुने रत्न
मुगा, मोति, मुन स्टोन, रुवी
घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
गुरु रत्न पुष्पराज YELLOW SHAPPIRE
गुरु रत्न पुष्पराज YELLOW SHAPPIRE
कुण्डलीमा बृहस्पति जनित दोष निवारण गर्नका लागि पुत्रसन्तानप्राप्ति, कुलदोषनिवारण, निरोगिता, बल बुद्धि, आयु स्वास्थ्य, शुभकर्मारम्भ, दर्शनको ज्ञान, न्याय कानून, धर्म, व्याकरण आयुर्वेद, HOMEOPATHY AND ALLOPATHY जस्ता विषयमा पर्ढाई, तथा जण्डिस, पाण्डु, खाँसी, दन्तरोग, बवासीर, मन्दाग्नि, पित्तज्वर, प्रतेवाधा VIRAL INFECTION, मा लाभ लिनका लागि यो रत्न १, ४, ८, ९ , १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन
ख) यो रत्न बिहीवार तथा तिष्य नक्षत्रको मुहर्ुतमा दायाँहातको चोरी औलामा लगाउनर्ुपर्छ। वा शुक्लपक्षको बिहीबार
ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, गोमेद, पन्ना
घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
बुध रत्न पन्ना EMERALD
बुध रत्न पन्ना EMERALD
कुण्डलीमा बुध जनित दोष निवारण गर्नका लागि र स्मरणशक्ति, विद्या बुद्धि, धन व्यापारमा लाभ , बैंकिङ, वैद्यक, गणित, विज्ञान कानून जस्ता विषयमा पर्ढाई, तथा जादु टुना पत्थर, बहुमुत्रसमस्या, नेत्रपीडा, दम, गुदारोग, पाण्डु, मानसिक विकारमा लाभ लिनका लागि यो रत्न १, २, ३, ५, १०, १२ राशिवाला जातकले ज्योतिषको सल्लाह अनुसार वा निम्नानुसार लगाउनु पर्छ।
क) धातु सुन , पञ्चरत्न
ख) यो रत्न बुधवार तथा उफा, अश्ले , ज्येष्ठा रेवती नक्षत्रको मुहर्ुतमा दायाँहातको माझी औलामा लगाउनुर्पर्छ। वा शुक्लपक्षको बुधवार
ग) यसका साथमालगाउन नहुने रत्न
मुगा, मोति मुनस्टोन, रुवी
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
चन्द्र रत्न मोति PEARL
चन्द्र रत्न मोति PEARL
क) धातु सुन चाँदी
ख) यो रत्न सोमवार तथा तिष्य, रोहिणी, हस्ता, श्रवण नक्षत्रको मुहुर्तमा दायाँहातको माझी औलामा लगाउनुपर्छ। वा शुक्लपक्षको भौमवार
ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, गोमेद
घ) यसका साथमा लगाउन सकिने
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
माणिक RUBY
माणिक RUBY
क) धातु सुन चाँदी
ख) यो रत्न आईतबार तथा तिष्य कृत्तिका उत्तरषाढा।
उफा नक्षत्रको मुहुर्तमा दायाँहातको साहिंली औलामा लगाउनुपर्छ।
वा शुक्लपक्षको आइतवार लगाउनुपर्छ।
ग) यसका साथमालगाउन नहुने रत्न
हीरा, नीलम, पन्ना
कृपया ज्योतिष विज्ञानपरामर्श केन्द्रमा तपाइको कुण्डली देखाएर रत्न लगाउन आवश्यक भएमात्र लगाउने।
साथै ज्योतिष गुरूको सल्लाह अनुसार प्रतिष्ठा गरेर मात्र आैठी लगाउनु होला
HARI AOUM
Subscribe to:
Posts (Atom)